अपराधको राजनीतिकरण कांग्रेसलाई स्वीकार्य छैन : थापा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः11 months ago

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण नेपाली कांग्रेसलाई स्वीकार्य नभएको बताएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै महामन्त्री थापाले यो विधेयकमार्फत जघन्य अपराधीलाई जोगाउने प्रावधान ल्याइएको भन्दै त्यसको विरोध गरेका हुन् ।

उनले यो विधेयकको भारी नबोक्न कानुनमन्त्रीलाई आग्रहसमेत गरेका थिए । यो विधेयकको भारी बिसाउन र हटाउन कानुनमन्त्री धनराज गुरुङलाई उनले आग्रह गरेका थिए । बहुमतको आधारमा सरकारले संसदलाई हेप्ने गरेको भन्दै आफूहरु हेपिने कि नहेपिने यसपटक देखाउनुपर्ने नेता थापाको भनाइ थियो ।

‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत जघन्य अपराधमा जोगाउने गरी जुन प्रावधान ल्याइएको छ, नेपाली कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु, राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन । माननीय कानुनमन्त्रीलाई मेरो आग्रह पनि छ, २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो । यसको भारी नबोक्नुस् । यसलाई बिसाउनुस् । यसलाई हटाउनुस् ।’यस क्रममा उनले वातावरण संरक्षण ऐनमा मन्त्रालयले स्वीकृत गर्ने इआइएको प्रावधान मन्त्रालयले स्वीकृत गरे पनि अहिले विभागबाट गर्ने भनेर ल्याइएकोप्रति आपत्ति जनाएका थिए ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services