तास्मनिया नेप्लिज क्रिकेट र ग्रेस इन्टरनेशनलबीच एकबर्षे सम्झौता
प्रकाशित मितिः3 years ago

होबार्ट । तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसीए)ले ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन होबार्टलाई वर्ष भरीका प्रतियोगिताको टाइटल स्पोन्सरका रुपमा अनुबन्धन गरेको छ। एक कार्यक्रमकाबीच ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन होबार्टका तर्फबाट राज किरण, बिकेन्द्र सापकोटा र टिएनसिएका तर्फबाट अध्यक्ष कमल भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन होबार्टले टिएनसिएका एक वर्ष भरीका प्रतियोगितामा टाईटल स्पोन्सर गर्ने छ। टिएनसीएको वार्षिक क्यालेन्डरमा रहेका दसैँ कप, सुपर सिक्स जनियर बलास्ट, टी–२० टुर्नामेन्टको ग्रेस टाइटल स्पोन्सर रहने अध्यक्ष कमल भण्डारीले जानकारी दिए। यसपालि वीमेनस क्रिकेट प्रतियोगिता र अल याबिलिटी क्रिकेट प्रतियोगिता पनि समावेश गरिएको उनले बताए। अध्यक्ष भण्डारीले यी प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न क्रिकेट तास्मानियासँग गृहकार्य भइरहेको बताए।

टिएनसीए तास्मानियामा रहेका नेपाली क्रिकेट क्लबहरुको साझा संस्था हो। स्थापनाकाल देखिनै टिएनसीएले यहाँ रहेका नेपाली क्रिकेट क्लबको अभिभावकत्व ग्रहण गर्दै आएको छ। टिएनसीए नेपाली समुदायमा मात्र नभएर अष्ट्रेलियाको समुदाय, क्रिकेट तास्मानिया र क्रिकेट अष्ट्रेलियासँग पनि सबन्ध बिस्तार गर्न सफल भएको छ।ग्रेस इन्टरनेशनलले शैक्षिक परामर्श तथा अध्यागमन सेवा उपलब्ध गराउँदै देश विदेशमा राम्रो पहिचान बनाएको छ। ग्रेस इन्टरनेशनलले नेपाल लगायत विश्वका ७ देशका २७ शाखाबाट सेवा दिँदै आएको छ।

 

(Visited 26 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services