कलाकार भिसामा अष्ट्रेलियामा मानव तस्करी भयो: गायक स्वप्निल शर्मा
प्रकाशित मितिः11 months ago

काठमाडौं । चर्चित नेपाली रक ब्याण्ड स्याडोजका गायक स्वप्निल शर्माले ‘कलाकार भिसा’को नाममा मानव तस्करी गर्ने अष्ट्रेलियाली आयोजकलाई बहिष्कार गर्नुपर्ने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले गैर कलाकारलाई कलाकार बनाएर लैजाने प्रवृत्तिको विरोध गरेका हुन् ।

उनी लेख्छन्, ‘हामी (कलाकारले) कलाकार भिसाको नाममा मानव बेचबिखनमा संलग्न अष्ट्रेलियाका आयोजकलाई बहिष्कार गर्नुपर्छ । यही कारणले गर्दा हिजोआज अष्ट्रेलियामा हप्तामा दुई पटक कार्यक्रम हुने गरेको कारण कलाकारको नभएर कलाकार भिसामा गैरकलाकारका लागि आवेदन दिनु अस्ट्रेलियामा एउटा व्यवसाय भएको छ ।’

कलाकारले आफ्नो प्रतिष्ठा र भिसाको स्थितिमा सचेत रहनुपर्ने धारणा उनले गरेका छन् । ‘हामी कलाकारले हाम्रो आफ्नै प्रतिष्ठा र भिसाको स्थितिमा धेरै सावधान रहनुपर्छ जब यी चीजहरू तपाईंसँग सम्बन्धित छन् । आयोजकलाई चिन्नुहोस्, त्यहाँ पृष्ठभूमि जाँच गर्नुहोस्, र त्यसपछि इभेन्टको निश्चित गर्नुहोस् ।’

आफूले यसबारे अष्ट्रेलियाली दूतावासमा उजुरी समेत गरेको उनले जनाएका छन् । अष्ट्रेलियाली उच्चायोगले यसबारेमा छानबिन गर्नुपर्ने धारणा उनले राखेका छन् । उनले नेपालस्थित अष्ट्रेलियाली दूतावासलाई समेत यो स्टाटस ट्याग गर्दै ध्यानाकर्षण गराएका छन् । अष्ट्रेलियामा वास्तविक इभेन्ट अर्गनाइजर रहेको र यस्ता घटनाले उनीहरुलाई असर गरेको स्वप्निलले उल्लेख गरेका छन् ।

(Visited 44 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services