‘केयर टेकर’का कारण गायिक समिक्षाको अस्ट्रेलिया भिषा रद्द
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः10 months ago

काठमाडौँ । गायिका समीक्षा अधिकारीको अस्ट्रेलियाको भिसा रद्द भएको पाइएको छ । उनले यसअघि नै पाएको एक वर्ष अवधिको भिसा रद्द भएको हो ।

आखिर उनको भिसा रद्द किन भयो त ? यसको कारक उनकी दिदी भएको बताइएको छ । फागू पूर्णिमामा अस्ट्रेलिया यात्राको क्रममा उनले आफू १८ वर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई लिएर गएकी थिइन् । फर्किँदा उनले दिदीलाई उतै छोडेर आएको कारण अहिले भिसा रद्द भएको बताइन्छ ।

समीक्षा अहिले फेरि तीजको अवसरमा आयोजना हुन लागेको कार्यक्रमका लागि अस्ट्रेलिया जाने तयारीमा थिइन् । उनको एक वर्षको भिसा भएकाले उनले फेरि आवेदन दिनुपर्ने थिएन । तर, समीक्षाले फेरि आफू १८ वर्ष नपुगेकोले केयर टेकरको आवश्यकता पर्ने भन्दै आवेदन दिएकी थिइन् ।

केयर टेकरको रूपमा लैजान लागेको व्यक्तिको भिसाका लागि आवेदन गर्दा पहिले लगेको केयर टेकर उतै छाडेको कारण नेपालस्थित अस्ट्रेलियन दूतावासले उनको भिसा नै रद्द गरिदिएको बताइएको छ ।समीक्षाले अब तत्काल भिजा पाउँछिन् वा पाउँदिनन् त्यो भने अहिले बाहिर आएको छैन । यस विषयमा समीक्षा पनि मौन छिन् ।(साभार: रातोपाटी डटकम) 

(Visited 30 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services