पर्थमा टेस्टी म:म कप भलिबल प्रतियोगिता हुने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

सिड्नी । पश्चिम अस्ट्रेलियाको राजधानी पर्थमा टेस्टी म:म कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । टेस्टी म:म नेप्लिज रेष्टुरेन्टसँगको सहकार्य र प्रायोजनमा नेपाली भलिबल एशोसिएशन पश्चिम अस्ट्रेलियाले आगामी सेप्टेम्बर १० तारिखमा पुरुष तथा महिला भबिलब प्रतियोगता आयोजना गर्न लागेको हो ।

एशोसिएशनका अध्यक्ष, राम थापाले पर्थ आसपासका क्षेत्रमा रहेको नेपाली समुदायका भलिबल खेलाडी र समर्थकलाई लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । ‘प्रतियोगिताका लागि आवश्यक तयारी पनि अघि बढाएका छौ, उनले भने, ‘टिम सँख्या थोरै भएपनि उनीहरुलाई हौसला प्रदान गर्न महिला भलिबल प्रतियोगिता पनि आयोजना गरेका छौँ ।’ एशोसिएशनले प्रतियोगितामा भाग लिनका लागि खेलाडी तथा क्लबहरुलाई सार्वजनिक आब्हान गरेको छ । पछिल्लो समय पर्थको नेपाली समुदायमाझ भलिबल खेल र गतिविधी बढ्दै गएको छ ।

अध्यक्ष थापाले उक्त दिन भलिबल प्रतियोगिताका साथै म: म खाने र म्यूजिकल चियर प्रतियोगिता समेत सञ्चालन हुने जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ विजेतालाई ट्रफी, प्रमाणपत्रका साथमा एक हजार डलर र उपविजेताले ट्रफी, प्रमाणपत्रका साथमा ५ सय डलर पुरस्कार प्राप्त गर्नेछन् । एशोसिएशनकै आयोजनामा दुई महिनाअघि प्रथम हिमाली गोर्खा कप आयोजना गरिएको थियो, जसको उपाधी नेपाली युथ क्लबले जितेको थियो ।

 

(Visited 97 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services