बहुसाँस्कृतिक सामुदायिक भवन निर्माणार्थ च्यारिटी डिनरको आयव्यय सार्वजनिक
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः11 months ago

सिड्नी । नेपाली समुदायको बाक्लो वशोवाश रहेको सिड्नीमा बहुँसास्कृतिक सामुदायिक भवन निर्मार्णाथ आयोजित च्यारिटी डिनरको आयव्यय सार्वजनिक गरिएको छ ।

नेपाली भाषा , कला, संस्कृति, सनातन संस्कार र परम्परागत शैली झल्काउने किसिमको भवन निर्माणका लागि अभियन्ताहरुले संस्था दर्ता देखि जग्गा व्यवस्थापन सम्म खटिएका छन् । सोही कार्यलाई सघाउ पुर्‍याउन हालै एक च्यारिटी डिनरको आयोजना गरिएको थियो । साँस्कृतिक र साँगेतिक माहोल सहित आयोजित कार्यक्रममा गायक ईश्वर पोखेरेल, सञ्जिब पराजुली, रमन रेग्मी र सुजाता उपाध्याय लगायतले आफ्नो प्रस्तुती दिएका थिए । आयोजकका अनुसार, उक्त च्यारिटी डिनरमा १७ सय डलर बचत भएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत प्रकाशित आयव्यय विवरण अनुसार, टिकट बिक्रीबाट ९ हजार ९ सय ५० डलर आम्दानी तथा ८ हजार २ सय ५० डलर खर्च भएको जनाएको छ । बहुसाँस्कृतिक सामुदायिक भवन निर्माण भएमा विभिन्न किसिमका कार्यक्रम आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ ।

(Visited 42 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services