सन्दीपले नखेले मौसमलाई अवसर
प्रकाशित मितिः3 years ago

सिड्नी । जिल्ला अदालत काठमाडौँमा विचाराधिन, मुद्धाको समयमै छिनाफानो नहुँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेको एसिया कप यात्रा अनिश्चित बनेको छ । यदि साँच्चिकै सन्दीपले एसिया कपमा सहभागिता जनाउन पाएनन् भने, उनको स्थानमा कसलाई मौका दिदाँ राम्रो हुन्छ ? नेपाली क्रिकेट समर्थकले यो विषयलाई चासोका साथ हेरेका छन् ।

गत बिहीबार अन्तिम फैसला हुने अनुमानका बीच सन्दीपको मुद्दा झन लम्बिएपछि, उनको एसिया कप यात्रा अन्योलग्रस्त बनेको छ र, मुद्दाकै कारण आफुले एसिया कपमा सोचे जस्तो प्रर्दशन गर्न नसक्ने भन्दै, सन्दीप आफैले नेपाल क्रिकेट संघ क्यानलाई जानकारी गराएपछि, नेपाली क्रिकेट क्षेत्र तरंगित बनेको छ । सन्दीप बिना नेपालले एसिया कपमा विश्व क्रिकेटका पावर हाउस पाकिस्तान र भारतसँग कसरी प्रतिस्पर्धा गर्छ ? भन्दै, क्रिकेट समर्थकहरुले प्रश्न गरिरहेका छन् । नेपाल क्रिकेट संघ क्यानले पनि सन्दीपलाई एसिया कपमा सहभागि गराउन पहल गरिरहेपनि, अदालती प्रक्रियालाई प्रभाव पार्न नसक्ने जनाएको छ ।

यहि सन्र्दभका बीच, सन्दीप नेपाली टोलीको बन्द प्रशिक्षण पनि सहभागि भएका छैनन् । उनी, आइतबार र सोमबारको प्रशिक्षण सहभागि नभएको नेपाल क्रिकेट संघले जनाएको छ ।मुख्य प्रशिक्षक मोन्टी देशाई आइतबार नेपाल आएपछि नेपालले बन्द प्रशिक्षण सुरु गरेको थियो । नेपालले आइतबार टियु मैदानमा अभ्यास गरेको थियो । सोमबार भने वर्षाको कारण टोलीले इन्डोरमा प्रशिक्षण गरेको थियो ।सोमबार तीव्र गतिका बलरले जिम गर्दा ब्याटर र स्पिनरले इन्डोरमा अभ्यास गरेका थिए । तर सन्दीप भने प्रशिक्षणमा थिएनन् । नेपालले यदि, सन्दीप एसिया कपमा जान नसकेको खण्डमा उनको स्थानमा मौमस ढकाललाई अवसर दिनसक्ने उच्च संभावना रहेको छ ।

सन्दीप जस्तै लेगस्पिन बलिङ गर्ने मौसमले छोटो अवधीमै घरेलु क्रिकेटमा प्रभाव जमाउदै राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । पछिल्लोपटक नेपालले खेलेको इमर्जिङ टिम्समा पनि, मौसमले ठिकठाक प्रर्दशन गरेका थिए ।नेपालका कप्तान रोहित पौडेलले यदि कुनै खेलाडी एसिया कपमा जान नसके ब्याकअप तयार भएको बताएका छन् । ‘ विश्वकप लिग–२ देखी नै हामीले एक अर्काको ब्याकअप राख्दै आएका छौं । आशा गरौं त्यस्तो अवस्था नआउला । यदि आएमा सबै जना तयार छौं’, कप्तान रोहितले भनेका छन् ।

यसैबीच, भारतले रोहित शर्माको कप्तानीमा टोली घोषणा गरेको छ । हार्दिक पान्ड्या उपकप्तान रहेको टोलीमा शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्णा रहेका छन् । अगष्ट ३० देखी १७ सेप्टेम्बर सम्म चल्ने प्रतियोगितामा नेपालले अगस्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतको सामना गर्नेछ ।

 

(Visited 31 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services