मोना अस्ट्रेलियाको फोटो प्रतियोगिामा सुरेन विजयी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः11 months ago

सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाद्वारा आयोजित फोटो प्रतियोगितामा सुरेन गुरुङ विजयी भएका छन् । आईतवार घोषणा गरेको नतिजा अनुसार जिल्लाको अन्नपूर्ण गाउँपालिका ५ शिख निवासी गुरुङ विजयी भएका हुन् ।

उनले अन्नपूर्ण आधार शिविर जाने पदमार्ग अन्तर्गत रहेको फुतफुते झरनाको तस्विर सहित प्रतियोगितामा सहभागी भएका थिए ।उक्त तस्विरले सवैभन्दा धेरै लाईक, कमेन्ट, शेयर र पिपुल रिच प्राप्त गरि विजयी बन्न सफल आयोजकले जनाएको छ । फोटोले १२ हजार ८ सय ४४ लाईक प्राप्त गरेको थियो । २ हजार ७ सय १६ शेयर भएको र २ हजार ५ कमेन्ट आएको फोटोमा र २ लाख ३१ हजार ४ सय ७५ पिपुल रिच देखिएको थियो ।

१३९ जना प्रतियोगि रहेको फोटो प्रतियोगितामा बेनी नगरपालिका वडा नम्वर ५ निवासी अनुप बानियाँ द्वितिय, रघुगंगा गाउँपालिका ३ पिप्लेका भविन्द्र शाही तृतिय र बेनी नगरपालिका ७ की रेन्जिसा श्रेष्ठ शान्त्वना भएको मोना अस्ट्रेलियाका अध्यक्ष इन्द्र थापामगरले जानकारी दिए ।प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र शान्त्वना स्थान हासिल गरेका प्रतियोगिहरुलाई क्रमश: २० हजार, १० हजार र ५ हजार र ३ हजार नगद, ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।

गत साउनको ६ गतेबाट सुरु भएको प्रतियोगितामा साउनको ९ गतेभित्र म्याग्देलीद्वारा म्याग्दीका लागि भन्ने फेसवुक गु्रपमा फोटो पोष्ट गएिको थियो । साउनको ३० गते सम्म प्राप्त लाईक, कमेन्ट, शेयर र उक्त फोटो कति जना सम्म पुग्यो भन्ने गणनालाई प्रतियोगितामा मुल्यांकनको आधार बनाईएको थियो । जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, नयाँ पर्यटकीय गन्तव्यको खोजी तथा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखेर प्रतियोगिता आयोजना आयोजकले दाबी गरेको छ ।

(Visited 49 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services