जमुना, अर्चना र नारी निकुञ्जलाई ‘नइ नारी गौरवी’ पुरस्कार
प्रकाशित मितिः11 months ago

सिड्नी । ‘नइ एकेडेमी अस्ट्रेलिया’ले तीज महोत्सव मनाएको छ । गत ११ अगष्टमा ग्रानभिलको रातो घरमा नइ एकेडेमी अस्ट्रेलियाले विभिन्न विधाका उत्कृष्ट नारीहरुलाई ‘नइ नारी गौरवी पुरस्कार’ ‘नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड’द्वारा सम्मान गरेको थियो । सोही मेसोमा नइले तीज विशेष कार्यक्रम गरेको थियो ।

सो अवसरमा शिक्षा तथा समाजसेवातर्फ जमुना गुरुङलाई, विज्ञान तथा प्रविधितर्फ डा.अर्चना कोइरालालाई र कला, संस्कृति र समाजसेवातर्फ नारी निकुञ्ज अस्ट्रेलियालाई ‘नइ नारी गौरवी पुरस्कार’, ‘नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड’ प्रदान गरियो । ती पुरस्कारका राशि जनही पाँच सय डलर रहेका छन् ।

त्यसैगरी अस्ट्रेलियामा वसोबास गरी विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नारीहरुलाई नइ एकेडेमी अस्ट्रेलियाले कदरपत्र प्रदान गरेको थियो । कदरपत्र ग्रहण गर्नेहरुमा स्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, नीना शाही र प्रतिज्ञा अधिकारी छन्।

समारोहमा जेनिशा गौतमलगायत कलाकारहरु सुनिश कटुवाल, निशा केसी, बिन्दु पौडेल र दिप्शी भट्टले आ(आफ्ना गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम नइ एकेडेमी अस्ट्रेलियाका संस्थापक तथा अध्यक्ष सीमा रोशीको सभापतित्वमा सम्पन्न भएको थियो । (साभार: अनलाइन खबर)

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services