२५ औँ जिएनसी टुर्नामेन्ट सेप्टेम्बर अन्तिम देखि
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः12 months ago

सिड्नी । गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल टुर्नामेन्टको २५ औँ संस्करण सेप्टेम्बर अन्तिम साताबाट सुरु हुने भएको छ । जिएनसी फुटबल लिग सिड्नीमा नेपाली समुदाय माझ प्रतिष्ठित प्रतियोगिताका रुपमा लामो समयदेखि सञ्चालन हुदै आएको छ ।

सन् १९९६ देखि अस्ट्रेलियाको सिड्नी आसपास क्षेत्रका रहेका पूर्व गोर्खा सैनिक तथा विद्यार्थीहरुले स्थापना गरेको जिएनसीले आफ्नो बार्षिक कार्ययोजनाका रुपमा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । जिएनसीले प्रिमियर, मानइर र भेट्रान गरि तीन वटा तहमा लिग सञ्चालन गरिरहेको छ ।

कुनै पनि नयाँ क्लबले माइनर लिगबाट प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, जहाँ १० टोली हुनेछन् । मानइर लिगको शीर्ष तीन टोली प्रिमियर लिगमा बढुवा हुनेछ ।सिजन २०२३/२४ लागि आवश्यक तयारी सुरु गरिएको जिएनसी खेलकुद संयोजक राजीव प्रधानले जानकारी दिए ।

‘मानइर लिगको प्लेअफका लागि इच्छुक क्लबहरुले सेप्टेम्बर १ सम्म आवश्यक फर्म भरिसक्नुपर्नेछ, आवश्यक तयारी गरेपछि, सेप्टेम्बर अन्तिमबाट प्लेफका खेलहरु हुनेछ’, उनले भने, ‘अक्टोबरमा प्रिमियर लिग सुरु हुन्छ ।’ उनका अनुसार, प्रिमियर लिगमा १२ टोली हुनेछन् । २४ औ संस्करणको उपाधी फेवा एफसीले जितेको थियो ।

(Visited 303 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services