स्पेन फाइनलमा, अस्ट्रेलियाले बुधबार इङल्याण्डसँग खेल्दै
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः12 months ago

सिड्नी । सहआयोजक अस्ट्रेलियाले फिफा महिला विश्वकप फुटबल २०२३ को दोश्रो सेमीफाइनलमा बुधबार इङल्याण्ड प्रतिस्पर्धा गर्दैछ । यसअघि, मंगलबार साँझ उपाधि दावेदार स्वीडेनलाई पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको छ ।

स्वीडेनलाई २–१ ले पराजित गर्दै स्पेन महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा प्रवेश गरेको हो । सुरुवाती ६ संस्करणमा अनुपस्थित स्पेन सातौं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो । तर, यसपटक स्पेनले सानदार प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल भयो ।

न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको खेलमा स्पेनको जितमा साल्मा पारालुएलो र ओल्गाले गोल गर्दा स्वीडेनकी रेविका ब्लमभिस्टको गोल सान्त्वना बन्यो ।खेलको अन्त्यतिर गोल निस्कदा खेल निकै रोमाञ्चक बनेको थियो । ४२औं मिनेटमा ओल्गा कारमोनाको खराव क्लियरेन्सलाई नाथालि विजर्नको भली क्रसलाई फ्रिडोलिन रोल्फोको वान टच प्रहारलाई स्पेनकी गोलरक्षक काटालिन कोलले डाइभ दिदै बचाउँदा स्वीडेन अग्रता लिनबाट चुक्यो ।

७०औं मिनेटमा स्पेनले अग्रता लिने मौका खेर फाल्यो । जेनिफर हर्मोसोको कट ब्याक पासमा अल्वा रेडोन्डोको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरियो ।८१औं मिनेटमा साल्माले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाइन् । जेनिरफर हर्मोसोको प्रहारलाई नाभारो र एन्डरसनले ब्लक गरेपनि बाउन्स भएको आएको बललाई साल्माले जाली चुमाईन् ।

८८औं मिनेटमा रेविका रेविकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । उनले लिना हुर्टिगको पासमा गोल गर्न सफल भइन् । त्यसको उक मिनेटपछि नै ओल्गाले सुन्दर गोल गर्दे स्पेनलाई २–१ को जित दिलाएर फाइनल पुर्‍याइन् ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services