अस्ट्रेलिया फाइनलमा पुगे सार्वजनिक बिदा
प्रकाशित मितिः12 months ago

सिड्नी । बुधबार हुने सेमीफाइनलमा अस्ट्रेलिया विजयी भए, प्रधानमन्त्री एन्थोनी एलबनीजीले सार्वजनिक बिदा हुने संकेत गरेका छन् । तर, यसको अधिकार भने राज्य सरकारको भएको उनको भनाई छ । यसअघि, शनिबार फ्रान्सलाई सडन डेथमा पराजित गर्दै सह–आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

रोचक बनेको सडन डेथमा फ्रान्सलाई ७–६ को अन्तरले पराजित गर्दै सह–आयोजक अष्ट्रेलियाले अन्तिम चारमा स्थान पक्का गरेको हो । अष्ट्रेलिया विश्वकपको इतिहासमा पहिलोपल्ट सेमफाइनलमा प्रवेश गरेको हो । त्यसअघि अष्ट्रेलिया क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

अष्ट्रेलिया सन् २००७, २०११ र २०१५ मा क्वाटरफाइनलबाट बाहिरिदा २०१९ मा भने प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो ।ब्रिसवन स्टेडियम ब्रिसवन अष्ट्रेलियामा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । टाइब्रेकरमा पनि नतिजा नआएपछि अष्ट्रेलियाले सडनडेथमा बाजी मार्यो ।

टाइब्रेकरमा घरेलु टोली अष्ट्रेलियाकी केइटलिन फुर्ड, सामान्थ खेर र मारी फोलेरले गोल गर्न सफल हुँदा स्टेफ क्याट्ले र म्याकेन्जी अर्नोल्डले गोल गर्न सकिनन् । सडनडेथमा कटरिना गोरी, तमेका यालोप, एली कार्पेन्टर र कोर्टनी भिनले गोल गर्दा क्लेर हन्टले गोल गर्न सकिनन् ।

फ्रान्सकी सेल्मा बाचाले पहिलो पेनाल्टी चुकाउँदा कडिडियाटोउ, डिएनी, वेन्डी रेनार्ड र इगुइनी ले सोमेरले गोल गर्न सफल भइन् । इभ पेरिसेटले गोल गनए सकिनन् । सडनडेथमा ग्रेस जियोरो, सकिना कारचाओइ, मायर लाकररले गोल गर्न सफ हुँदा केन्जा डाली र भिकी बेचोले गोल गर्न सकिनन् ।

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services