सिड्नी । क्यानडामा सम्पन्न, ग्लोबल टि ट्वान्टीमा सहभागिता जनाएका नेपाली स्टारस्पिनर सन्दीप लामिछाने र अलराउण्डर दिपेन्द्रपसिँङ ऐरी, स्वदेश फर्केका छन् । दुबैजना अहिले, अब नेपालले खेल्ने एसिया कप तयारीमा जुटेका छन् ।
सन्दीपले सर्रे जागुअर्सबाट खेल्दै ८ खेलमा ११ विकेट लिएका थिए उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचिमा चौथो स्थानमा छन् । समग्रमा ग्लोबल टि ट्वान्टी लिगमा आफुले राम्रा प्रर्दशन गर्न सफल भएको सन्दीपको भनाई छ ‘ग्लोबल टि२० क्यानडामा राम्रो भयो । एउटा ठिक्कको टिम थियो । त्यसलाई हामीले सन्तुलित बनायौं । सबै खेलाडीको योगदान त्यतिनै राम्रो थियो । मैले ब्यक्तिगत प्रदर्शनको कुरा गर्दा अपेक्षा गरे भन्दा राम्रो भएको थियो’, उनले भनेका छन ।
सन्दीपले मिसिसौगा प्यान्थर्सविरुद्ध ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिएका थिए । टि२० क्रिकेटमा एक अद्भूत प्रदर्शन थियो । सन्दीपले विकेट अनुसार सहयोग मिलेको बताउँछन् ।
‘त्यो खेलमा पहिला नै तीव्र गतिका बलरले एउटा राम्रो आधार बनाएका थिए । मैले त्यति बेला विकेट लिन भन्दा पनि सकेसम्म ब्याटरलाई रन नदिने रणनीति थियो । विकेटले सहयोग गरेमा त्यसै अनुसार अघि पनि बढ्ने योजना बनाएको थिए । विकेटले साथ पनि दिएको थियो । योजनालाई सके सम्म प्रयास गरेको थिए’, उनले उक्त खेलबारे भने ।
सन्दीपले सर्रेबाट खेल्दा दीपेन्द्रले मोन्टरिएल टाइगर्सबाट खेलेका थिए । लिग र फाइनलमा यी दुई टोली भिडेका थिए । लिगमा सन्दीपले दीपेन्द्रलाई आउट गरेका थिए । दीपेन्द्रसँग खेल्दा एकदमै रमाइलो लागेको बताए ।‘दीपेन्द्रविरुद्ध खेल्दा एकदमै रमाइलो र गर्व महसुस भएको थियो । नेपालबाट एक जना खेलाडी लिगमा थप हुनु भयो । गएको मात्रै होईन दीपेन्द्रले एकदमै राम्रो प्रदर्शन गरेको छ । हामी पनि दीपेन्द्रसँग त्यहि अपेक्षा गछौं र अन्य खेलाडीसँग पनि त्यस्तै प्रदर्शनको आशा राख्छौं’, उनले भनेका छन् ।
सन्दीपले आगमी दिनमा अन्य खेलाडीलाई एउटा बाटो खुलेको समेत बताउँछन् । ‘सबैले नेपाली क्रिकेट के हो भन्ने सबैले बुझ्नु भएको छ । अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा दीपेन्द्रले जुन किसिमले ब्याटिङ, बलिङ र फिल्डिङमा राम्रो गरेको छ । धेरै राम्रो पनि गरेको छ । धेरै गर्व महसुस भएको छ । प्रतियोगिता पनि उनीहरुले नै जिते । उसको योगदान एकदमै माथि रह्यो, सन्दीपले भने ।
दीपेन्द्रलाई आउट गरेपछि सन्दीपले सेलेब्रेसन गरेका थिएनन् । ‘मेरो दिप्पीसँग त्यो खेल अघि एउटा राम्रो कुरा भएको थियो । मैले त्यति बेला भनेको पनि थिए । एकदमै राम्रो खेलेका छौं र राम्रो खेल भनेको थिए । मलाई थाहा भएन । तर किन स्वीप हान्न गएर आउट भए । हाम्रोबीचमा रमाइलो क्षण थियो । मैले सेलेब्रेट पनि त्यस्तो खासै गरेको थिएन । विकेट लिँदा त राम्रो लागेको थियो । उसले अन्त्य गरेको भए राम्रो देखिन्थ्यो । यो खेलको कुरा हो’, दीपेन्द्रलाई आउट गर्दाको क्षण बारे सन्दीपले भनेका छन् ।
© 2023. All rights reserved. Designed By: HK Web Services