एनआरएनएको ११ औं विश्व सम्मेलनको तयारी तीब्र
प्रकाशित मितिः12 months ago

काठमाडौं । काठमाडौमा हुने गैरआवासीय नेपाली संघ ९एनआरएनए को ११ औं विश्व सम्मेलनको तयारीलाई तीब्र पारिएको छ । एनआरएनएको विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी ३० असोजदेखि ३ कात्तिकसम्म (१७ अक्टोबर–२० अक्टोबर, २०२३) काठमाडौंमा आयोजना हुदैछ ।

सोही अवधिमा संघको आयोजनामा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिने गैरआवासीय नेपाली संघले जनाएको छ ।महाधिवेशनमार्फत संघले नयाँ नेतृत्व समेत चयन गर्नेछ । सम्मेलनको तयारी स्वरूप १(३१ जुलाइका बीचमा विश्वका ५९ भन्दा बढी राष्ट्रमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनहरु सम्पन्न भएका छन् ।

संघको स्मार्ट एप मार्फत १०(२० अगस्टसम्म महाधिवेशन प्रतिनिधि दर्ता गर्न आह्वान गरिएको छ । प्रतिनिधिहरुको अन्तिम नामावली ३१ अगस्टमा प्रकाशन गरिने संघले जनाएको छ । साथै संघले राष्ट्रिय समन्वय परिषद्हरुलाई यथासक्दो छिटो प्रतिनिधिहरुको अन्तिम नामावली पठाउन समेत भनेको छ ।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरु, एनआरएनका अभियन्ताहरु र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्व लगायत करिब ४ हजार भन्दा बढीको सहभागिता रहनेछ ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले २० वर्ष पूरा गरेको छ । दुई दशकको अवधिमा ८७ मुलुकमा संघको राष्ट्रिय समन्वय परिषद् स्थापना भइसकेको छ । संघमा विश्वभरबाट ९६ हजार ८ सय ५० पञ्जिकृत सदस्य छन् ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services