नेपालविरुद्ध खेल्नुअघि न्यूजिल्याण्डसँग सिरिज खेल्दै युएई
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः12 months ago

सिड्नी । आगामी बर्ष वेस्टइन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने, आइसीसी टि ट्वान्टी विश्वकपका लागि, नोभेम्बर १ देखि १० सम्म नेपालले एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्दैछ । जहाँ नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् ।

भने अझै एक टोली क्वालीफायरबाट छानिएर आउने छन् । शीर्ष दुई टोलीले मात्र विश्वकपमा स्थान बनाउने भएकोले, नेपाल, युएई र ओमानलाई मुख्य दाबेदार टोलीको रुपमा हेरिएको छ । यसै प्रतियोगिताको तयारी स्वरुप युएईले भने घरेलु मैदानमा टेस्ट नेशन न्यूजिल्याण्डसँग तीन खेलको टि ट्वान्टी सिरिज खेल्ने भएको छ ।अगस्ट १७, १९ र २० मा दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सिरिज हुने युएई क्रिकेटले जनाएको छ ।

उसले पछिल्लो समय, टि ट्वान्टी विश्वकप छनौटलाई नै ध्यान दिएर ठुला देशहरुसँग सिरिज खेल्ने र खेलाडीहरुलाई मनोवैज्ञानिक रुपमा बलियो र तयार पार्ने योजना बनाएको छ । यता नेपालले सन् २०१४ पछि, विश्वकपमा स्थान बनाउन नसकेको सन्र्दभमा, घरेलु मैदानमा हुने क्वालीफायर प्रतियोगिताको फाइदा उठाउने तयारीमा रहेको छ ।

नेपाल क्रिकेट संघ क्यानले, क्वालीफायरको तयारी स्वरुप टेस्ट नेशन वेस्टइन्डिजसँग टि ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने आन्तरिक तयारी गरिरहेको छ । वेस्टइन्डिजसँग दुई एकदिवसीय र तीन टि ट्वान्टी सिरिज हुने उच्च संभावना रहेको बताईएको छ ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services