फरवार्ड दीपक भविश्य खोज्दै अष्ट्रेलियामा
प्रकाशित मितिः1 year ago

सिड्नी । नेपाली राष्ट्रिय फुटबल टोली एवं सातदोबाटो युवा क्लबका फरवार्ड दीपक राज सिंह ठकुरी सुनिश्चित भविश्यको खोजीमा अष्ट्रेलिया आएका छन् । नेपालबाट फुटबलरहरु अस्ट्रेलिया आउने श्रृङखला अझै जारी छ ।सहिद स्मारक ए डिभिजन लिगमा १२ गोल गर्दै नेपाली खेलाडीमध्य सर्वाधिक गोल गरेका दीपक गत सोमबार अष्ट्रेलिया लागि काठमाडौँबाट उडेका थिए । उनले सातदोबाटोबाट उत्कृष्ट प्रदर्शन गरेसँगै पहिलो पटक राष्ट्रिय टोलिमा स्थान बनाएका थिए ।

थ्री नेसन्स कपमा लाओसविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका दीपकले भुटानविरुद्ध अन्तिम समयमा गोल गर्दै हार टारेका थिए । त्यसपछि साफ च्याम्पियनसिप २०२३ को टोलीमा परेपनि उनले मैदानमा उत्रने अवसर भने पाएका थिएनन् । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले अक्टोबरमा हुने विश्वकप छनोटका लागि घोषित प्रारम्भिक टोलीमा उनलाई समेटेका थिएनन् ।

नेपाल सुपर लिग (एनएसएल( को अक्सनको तयारी हुँदै गर्दा अष्ट्रेलिया पुगेका केही खेलाडी स्वदेश फर्कने चर्चा छ । यसबीचमा दीपक पलायन हुनुले भने नेपाली फुटबलमा पुनस् एकपटक खतराको घन्टी बजेको छ । एएफसी कप अन्तर्गत मच्छिन्द्र क्लबबाट खेलेपछि थप केहि खेलाडी पनि अष्ट्रेलिया प्रस्थान गर्ने तयारीमा रहेको बुझिएको छ । (हाम्रो खेलकुद डटकमको सहयोगमा)

(Visited 75 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services