फेवा एफसीलाई मनाङ मर्स्याङ्दीका विष्णु गुरुङले प्रशिक्षण दिने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः12 months ago

सिड्नी। नेपालको ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीका प्रमुख प्रशिक्षक विष्ण गुरुङले सिड्नीस्थित फेवा एफसीलाई प्रशिक्षण दिने भएका छन् ।

फुटबल खेलाडीहरु धमाधम अस्ट्रेलिया आइरहेको सन्र्दभमा गुरुङ पनि फेवा एफसीलाई प्रशिक्षण दिने र थप तालिमका लागि अस्ट्रेलिया आउन लागेको सञ्चारमाध्यमहरुलाई बताएका छन् ।‘अहिले चिफ गेष्टको रुपमा जान लागेको हो । पछि उतै टिमलाई प्रशिक्षण दिन्छु’, उनले आफ्नो योजना सुनाए । फेवा एफसीबाट २/३ जना नेपाली खेलाडीहरुले पनि खेलिरहेका छन् ।

ए लाइसेन्स प्रशिक्षक उनी अष्ट्रेलियामा नै बसेर प्रो लाइसेन्सको कोर्स गर्ने योजनामा रहेका छन् । म उतै बस्ने योजनामा छु । पछि आफ्नो प्रशिक्षण लाइसेन्स पनि अपग्रेड गर्छु । प्रो लाइसेन्स गर्ने योजनामा छु’, उनले भने । (अनलाइन खबरको सहयोगमा)

(Visited 75 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services