सुजनको शब फिर्तीलाई २० हजार डलर सहयोग जुट्यो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः12 months ago

सिड्नी । सिड्नीमा गत शुक्रबारराति स्कुटर दुर्घटनामा परी ज्यान गुमाएका २३ बर्षीय सुजन घिमिरेको शब नेपाल पठाउन  करिब २० हजार डलर सहयोग संकलन भएको छ । कारको ठक्करबाट घटनास्थलमै ज्यान गुमाएको घिमिरेको शब फिर्तीका लागि उनका परिवारजन, गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया र साथीभाइको संयुक्त पहलमा गो फण्डमी डटकम मार्फत अभियान थालिएको थियो ।

अभियान सुरु गरेको दुईदिनमै १९ हजार ९ सय ७९ डलर संकलन भएको हो । एकबर्षअघि मात्रै उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका २३ बर्षी सुजनको सिड्नीस्थित चेरीब्रक क्षेत्रमा कारले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको थियो । आवश्यक रकम जुटेपछि, उनको शब नेपाल पठाउन पहल थालिएको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान सकेलगत्तै शबलाई नेपाल पठाइने एनआरएनए नवनिर्वाचित उपाध्यक्ष एवम् न्यू साउथ बेल्स राज्यका संयोजक विनोद कुवंरले जानकारी दिए ।

 

(Visited 31 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services