क्यानडामा देखिएको सन्दीप र दिपेन्द्रको आत्मिय प्रतिस्पर्धा
प्रकाशित मितिः12 months ago

सिड्नी । यस सिजनका ग्लोबल टि ट्वान्टी लिग, नेपाली क्रिकेट समर्थकका लागि निकै विशेष रहन सफल भयो । विश्वभर, विभिन्न फ्रेन्चाइज क्रिकेट खेलीसकेका, स्टार स्पिनर सन्दीप लामिछानेसँगै, नेपाली क्रिकेटमा थ्री डि, अर्थात व्याटिङ, बलिङ र फिल्डिङका लागि परिचित दिपेन्द्रसिँह ऐरीको सहभागिता र उनीहरुको प्रर्दशनले ग्लोबल टि ट्वान्टीले नेपाली क्रिकेटमा राम्रो प्रभाव जमाउन सफल रह्यो । मोन्टरियल टाइगरमा आबद्ध दिपेन्द्र र सर्रे जगुअर्समा आबद्ध सन्दीपले आ–आफ्नो टोलीका लागि उत्कृष्ट प्रर्दशन गरेका थिए ।

सन्दीपले आम नेपाली क्रिकेट समर्थकले अपेक्षा गरे जस्तै प्रर्दशन गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले प्रतियोगितामा ११ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको पाचौ स्थानमा रहन सफल भए । त्यस्तै, पहिलोपटक विदेशी लिग खेल्न लागेका दिपेन्द्रसिंह ऐरीले कस्तो प्रर्दशन गर्ला ? भन्ने जिज्ञासाका बीच, दिपेन्द्रले पनि लिगमा शानदार प्रर्दशन गर्न सफल भए । सुरुवाती खेलदेखि नै प्रभावशाली प्रर्दशन गरेका दिपेन्द्रले मोन्टरियल टाइगरका लागि तल्लो क्रममा महत्वपूर्ण र उपयोगी रन जोड्दै टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रतियोगिता भर एकसय १२० जोड्दा, दिपेन्द्रले २ विकेट लिनुका साथै महत्वपूर्ण ४ वटा रनआउट गरेका थिए । उनी टोलीका सर्वाधिक धेरै रन बनाउनेमा तेस्रो स्थानमा रहन सफल भए । उनको जिम्मेवारपूर्ण व्याटिङ, चुस्त फिल्डिङ र सटिक बलिङका कारण मोन्टरियलका खेलाडी र व्यवस्थापनमात्र होइन, अन्य फेन्चाईज टोलीहरुको नजर पनि दिपेन्द्र माथि परेको छ ।

प्रतियोगितामा सन्दीप र दिपेन्द्रको टोली सुरु र फाइनल गरि दुईपटक भिडेका थिए । दुबैपटक सन्दीपले दिपेन्द्रलाई बलिङ गरेका थिए । नेपालका लागि लामो समयदेखि खेल्दै आएका, दिपेन्द्र र सन्दीप विदेशी भुमिमा पहिलो पटक फरक–फरक टोली विरुद्ध खेलेका थिए, दुबैजनाले आफ्नो टोलीका लागि सक्दो योगदान दिने प्रयास गरे भने, उत्तिकै आत्मियता पनि देखाएका थिए ।

सुरुको खेलमा सन्दीपले दिपेन्द्रको विकेट लिएका थिए, भने, त्यसमा दिपेन्द्रले राम्रो रन पनि जोडेका थिए । प्रतियोगिताको फाइनलमा पनि एकअर्का विरुद्ध आमुनेसामुने भएका दुबै जनाले बलिङ गर्नु भन्दा अघि, एकअर्कालाई हेर्दै मधुर मुस्कान दिएका थिए । यहि भिडियो अहिले क्रिकेट समर्थहरुले निकै मन पनि पराइरहेका छन् । सन्दीप र दिपेन्द्रले ग्लोबल टि ट्वान्टीमा, उत्कृष्ट प्रर्दशन गर्दै आफ्नो पहिचान मात्र दिएका छैनन, नेपाली क्रिकेटको बारेमा थप संभावनाको समेत उजागर गरेको छ ।

(Visited 64 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services