एनपिएल क्रिकेट: भाइव्रेन्ट र रे पपर्टीजको विजयी सुरुवात
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः12 months ago
सिड्नी । साविक विजेता पिरना से–फोक्सुण्डो स्टाइर्कस्लाई ३९ रनले हराउँदै रे पपर्टी गोक्यो हिरोजले अस्ट्रेलियाको सिड्नीमा सुरु भएको दोश्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल) विजयी सुरुवात गरेको छ । अर्को खेलमा, भाइव्रेन्ट वेगनास स्टारले मेरिट छोरोल्फा च्यालेञ्जर्स्माथि ५ विकेट जित दर्ता गर्‍यो ।  नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजनामा नरेल्न भेइलको नगिट पार्कमा जारी एनपिएलमा टस हारेर, फिल्डिङ व्याटिङमा आएको मेरिट १९.२ ओभरमा १ सय १६ रनमा अलआउट भयो ।
उसका लागि मध्यक्रमका विशाल सुनारले ३३ बलमा सर्वाधिक २९, तल्लोक्रममा रामसुरत यादब २३, विवेक कँडेलले १५ र कप्तान किर्तन ताम्राकारले ११ रनको योगदान दिए । बलितर्फ, भाइवेन्टका लागि, सुजन कार्कीले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिँदा, नितेश थापा र सागर शर्माले २/२ तथा विकास खरेल र अनुप ओलीको नाममा १/१ विकेट रह्यो । १ सय १७ रनको सामान्य विजय लक्ष्य भाइव्रेन्टले १७ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।
भाइवे्रन्टलाई सहज जित दिलाउन ओपनरद्धय सुरज बरियट र राहुल श्रेष्ठले पहिलो विकेटका लागि ६ ओभरभित्र ४४ रनको ठोस साझेदारी गरे । सुरज र राहुलले १९/१९ रनको योगदान दिँदा, सन्देश आचार्य सर्वाधिक ३५ र मदन लामा ३३ रनमा अविजित रहे । मदनले १६ बलको सामना गर्दै  ५ चौका र १ छक्काको मदतले ३३ रन जोडेका थिए । मेरिटका लागि आकाश पाठक, विशाल सुनार र साहिल थापाले समान १/१ विकेट लिए । भाइव्रेन्टलाई जित दिलाउन शानदार बलिङ गरेका सुजन कार्की नै म्यान अफ दि म्याच घोषित भए ।
               पिरनामाथि रे पपर्टीजको प्रभावशाली जित
दोश्रो खेलमा, साविक विजेता पिरना से–फोक्सुण्डो स्टाइर्कस्लाई ३९ रनले हराउँदै रे पपर्टी गोक्यो हिरोजले शानदार सुरुवात गरेको छ । टस जितेर व्याटिङ रोजेको रे पपर्टीजले  २० ओभरमा ९ विकेट गुमाउदै १ सय १३ रन मात्र बनाउन सक्यो । उसका लागि विश्वास मानन्धरले ३४, प्रशान्त विस्टले २१ तथा कप्तान क्षितिज बस्नेतले १५ रन बनाउनु बाहेक अन्य व्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
पिरनाका लागि राजन डागीले ४ ओभरमा २० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । मसुफजँग राना र दिवेस सोनीले समान २/२ विकेट लिँदा मसुफजँग रानाको नाममा १ विकेट रह्यो । १ सय १४ रनको झिनो विजयी लक्ष्य पछ्ताएको पिरनाको व्याटिङ नचल्दा १६.१ ओभरमा ७४ रनमा आउट भयो । ओपनर साहिल खानले १८ बलमा ५ चौकाको मदतले २३ रन बनाउनु बाहेक अन्य कुनै पनि व्याटरले सम्झनलायक प्रर्दशन गर्न सकेनन् ।
रे पपर्टीजको उत्कृष्ट बलिङ सामु पिरनाका व्याटर निरिह सावित भए । शिशिर थापाले २.१ ओभरमा १२ रन खर्चेर ३ विकेट लिँदा अजय लामाले  ३, कप्तान क्षितिज बस्नेत र सञ्जय भट्टले २/२ विकेट लिए । ३ विकेट लिएका अजय लामा, म्यान अफ दि म्याच घोषित भए । फिस्टेल होम्स मुख्य प्रायोजक रहेको एनपिएलमा सहभागि चार फ्रेन्चाइज टोली एकअर्का विरुद्ध खेलेपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
(Visited 58 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services