सिड्नीमा स्कुटर दुर्घटनामा नेपालीको विद्यार्थी निधन
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः12 months ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा शुक्रबारराति स्कुटर दुर्घटनामा परी नेपाली विद्यार्थीको ज्यान गएको छ । एकबर्षअघि मात्रै उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका २३ बर्षी सुजन घिमिरेको सिड्नीस्थित चेरीब्रकमा क्षेत्रमा कारले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको प्रहरीलाई उदृत गदै यहाँका समाचारमाध्यमहरुले जनाएका छन् ।

सञ्चारमाध्यमहरुका अनुसार, घिमिरेलाई इन्टरसेक्सनमा कारले ठक्कर दिँदा भयानक दुर्घटना भएको थियो । दुर्घटना लगत्तै इमरजेन्सी सेवाबाट एम्बुलेन्ससहित स्वाथ्यकर्मीहरु घटनास्थल पुगेपनि उनको मृत्यु भइसकेको थियो ।

दुर्घटनापछि मेलर्वन रहेको घिमिरेकी दिदि सिड्नी आएर स्थानीय प्रहरीसँग घटनाबारे अनुसन्धान र आवश्यक कागजी तथा कानुनी प्रक्रिया अघि बढाईएको बताईएको छ । सुजनको शबलाई नेपाल पठाउन गोफण्ड डटकमबाट अभियान थालिएको छ ।

(Visited 62 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services