चौथो वेस्टमिड टाईगर कपको उपाधि खुकुरी युनाइटेडलाई
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः12 months ago

सिड्नी । चौथो वेस्टमिड टाइगर कप फुटलब प्रतियोगिताको उपाधी खुकुरी युनाइटेड एफीले जितेको छ । वेस्टमिड टाईगर एफीको आयोजना शनिबार सिड्नीमा सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजकको ‘ए’ टोलीलाई २–० ले पराजित गर्दै खुकुरी युनाईटेडले उपाधि जितेको हो । विभिन्न १० टोलीको सहभागिता रहेको प्रतियोगिताको सेमीफाइनलमा खुकुरीले एनआरसीलाई र आयोजक ए टोलीले वेस्र्टन स्टारलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका थिए ।

खुकुरीले उपाधिसँगै १२ सय अस्टे«लियन डलर, खसी, ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उपविजेता आयोजकले ६ सय डलर प्राप्त गरेका छन् । उपाधि विजेता खेलाडीलाई पारामाटा काउन्सिलका मेयर समिर पाण्डे, प्रतियोगिताका मुख्य प्रायोजक लगायतले पुरस्कार वितरण गरेका थिए ।

खुकुरी युनाईटेडलाई उपाधि जिताउन उत्कृष्ट प्रर्दशन गरेका क्षितिज प्रधानले प्लेयर अफ दि टुर्नामेन्टको अवार्ड जितेका थिए । आयोजक वेस्टमिडक टाइगरका एफीका अध्यक्ष उज्जल पाण्डेले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् ।

 

(Visited 63 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services