एनआरएनए अस्ट्रेलियाको नेतृत्वका लागि आज निर्वाचन
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः12 months ago

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ नेतृत्व चयनका लागि आज मतदान । निर्वाचन समितिले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदान गर्न पाउने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त टोनु घोतानेले पहिलो पटक फेस भेरिफिकेसन प्रविधिमार्फत निर्वाचन गर्न लागिएको जानकारी दिएका छन् ।निर्वाचनमा फरक–फरक प्यानल बनाएर, डिला खरेल, अनिल पोखरेल र देब बहादुर गुरुङ चुनावी मैदानमा होमिएका छन् ।

आ–आफ्नो भावी योजनासहित मैदानमा होमिएका तीनैजना उम्मेदवारले अस्ट्रेलियाको सबै राज्यमा पुगेर मतदातालाई आफूतिर आकर्षित गर्ने प्रयास गरेका थिए भने सबै राज्यमा तीन वटा प्यानल चुनावी माहोलमा उत्रिएका छन् ।

त्रिपक्षीय भिडन्त हुने निर्वाचनमा तटस्थ रहेका ४० प्रतिशत मत कसले आकर्षित गर्न सक्छ रु भन्नेमा हारजितको फैसला हुने अनुमान गरिएको छ । डिलालाई नेपाली काँग्रेसको भातृ संस्था जनसम्पर्क समितिको समर्थन गरेको छ । अनिललाई युवाहरुको साथ बढी देखिएको छ भने देवलाई जातीय मत बढी आउन सक्ने विश्लेषण गरिएको छ ।

निर्वाचन समितिका अनुसार, मतदान सकिएको दुई घण्टाभित्र निर्वाचनको नतिजा सार्वजनिक गरिनेछ । निर्वाचनमा १५ हजार भन्दा बढी मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

(Visited 48 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services