सिड्नी । जुलाई ३० देखि सुरु सिड्नीमा सुरु हुने दोश्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल)को उद्घाटनमा हुने मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरिएको छ । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजनामा हुने एनपिएलको प्रतियोगितात्मक खेलहरु भने अगस्ट ६ देखि नरेल्न भेइलको नगिट विमिस रिर्जभमा सञ्चालन हुनेछ । एनपिएललाई भव्य बनाउन प्रतियोगितात्मक खेल भन्दा अघि, उद्घाटन सत्र राखिएको आयोजकले जनाएको छ । उद्घाटनका दिन हुने मैत्रीपूर्ण खेलमा एनसिएए र एनपिएल ११ भिड्दैछन् ।
उक्त मैत्रीपूर्ण खेलका लागि एनसिएएले हेमन्त आचार्यको कप्तानीमा र एनपिएलले लोचन धितालको कप्तानीमा टोली घोषणा गरेको छ । एनसिएएमा शिशिर थापा, किर्तन ताम्राकार, राजु न्यौपाने, राहुल श्रेष्ठ, अर्जेन अर्याल, विकास जोशी, राजन डाँगी, विशाल मण्डल, नितेश थापा र विवेक केसी छन् । त्यस्तै, एनपिएल ११ मा अनिल अमात्य, सुरज वारियात, नविन गुरुङ, अनिल पाठक, रुपेश श्रेष्ठ, अनिल सिंह, सागर शर्मा, अनुप ओली, क्षिति बस्नेत र विशाल सुनार छन् । उद्घाटन सत्रमा मैत्रीपूर्ण खेलका अतिरिक्त, ट्रफी रिभि र जर्सी वितरण पनि हुनेछ ।
फिस्टेल होम्सले मुख्य प्रायोजन गरेको दोश्रो संकरणको एनपिएलमा गत सिजनकै चार फ्रेन्चाइज टोलीहरु, भाइव्रेन्ट वेगनास स्टार, पिरना से–फोक्सुण्डो स्टाइर्कस्, मेरिट छोरोल्फा च्यालेञ्जर्स् र रे प्रपर्टीज् गोक्यो हिरोजले प्रतिस्पर्धा गर्दैछन् । चारै फ्रेन्चाइज टोलीले पहिलो संस्करणमा आफ्नो टोलीबाट खेलेका ३ खेलाडीलाई गोल्ड र ३ खेलाडी सिल्भर क्याटोगरिमा रिटेन गर्नुका साथै अन्य आवश्यक खेलाडीहरु अक्सजन मार्फत अनुबन्धन गरिसकेका छन् । आयोजक एनसिएएका अध्यक्ष करण श्रेष्ठले उद्घाटन सत्रमा सहभागिताका लागि सबैमा आग्रह गरेका छन् ।
© 2023. All rights reserved. Designed By: HK Web Services