
काठमाडौं । निर्वाचन आयोगले गत मंसिरमा सम्पन्न चुनावको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना गरेको छ । प्रतिनिधिसभा र प्रदेशतर्फका गरी दुई हजार ४३५ उम्मेदवारलाई १५ हजार दरले जरिवाना गरिएको हो ।उम्मेदवारहरूलाई आयोगले गत वैशाख ४ गतेको निर्णयअनुसार निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको जानकारी दिन निर्देशन दिइएको थियो ।
तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फका एक हजार ३७ जना र प्रदेशसभातर्फका एक हजार ३९८ उम्मेदवारलाई निर्वाचन ९कसूर तथा सजाय०, ऐन २०७३ को दफा ३१ को उपदफा ९४० बमोजिम १५ हजार रूपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।
आयोगले नेपाली नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापा, विजय गच्छदार, राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम, नेकपा ९एमाले० का नेता राजन भट्टराई, पूर्वमुख्यमन्त्री शेरधन राई, नेकपा ९माओवादी केन्द्र० का उपमहासचिव गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री महेन्द्रराय यादवलगायतकालाई खर्च विवरण नबुझाएकोमा आयोगले जरिवाना तोकेको छ ।
माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती, राप्रपाका नेता रवीन्द्र मिश्र, रास्वपाका रमेश खरेल, पुकार बम, विवेकशील साझा पार्टीका महासचिव रञ्जु दर्शना ९न्यौपाने०, विवेकशील साझाकै मिलन पाण्डे, एमालेका नेता सर्वेन्द्र खनाल, रास्पाका सांसद शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, माओवादी नेता कल्पना धमलासहितका नेता तथा सांसदको नाम पनि खर्च विवरण सार्वजनिक नगर्नेको सूचीमा छ ।
यस्तै माओवादी नेता अञ्जना विशंखे, राप्रपाका नेता रेखा थापा, स्वतन्त्र सांसद योगेन्द्र मण्डल, जसपाका सांसद प्रदीप यादव, कांग्रेस नेता उमाकान्त चौधरी, एमाले नेता एकवाल मियाँ, फरार सांसद लक्ष्मी महतो कोइरी, लोसपाका सांसद महन्त ठाकुर, जसपाका सांसद उपेन्द्र यादवलाई पनि १५ हजार जरिवाना तोकिएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services