दोश्रो क्याम प्रिमियर लिग क्रिकेटको उपाधी लुम्बिनीलाई
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः1 year ago

सिड्नी । दोश्रो संस्करणको ‘क्याम प्रिमियर लिग’को उपाधी लुम्बिनी क्रिकेट क्लब सिड्नीले जितेको छ । क्याम (CAM)युथ एशोसिएशन अस्ट्रेलियाले आयोजना गरेको लिगको फाइनलमा दि नेक्स्ट राइजिङ क्रिकेट क्लबलाई ६६ रनको फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो । टस जितेर व्याटिङमा ओर्लिएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाउदै १ सय ७४ रनको चुनौतीपूर्ण लक्ष्य पेश गरेको थियो । लुम्बिनीका लागि शाहिल खानले ६६ रनको आकर्षक अर्धशतकीय पारी खेले, त्यसमा उनले जम्मा २९ बलको सामना गरेका थिए ।

त्यस्तै अर्का ओपनर राहुल श्रेष्ठले ३५ र अनिलमान अमात्यले तल्लो क्रममा ८ बलमा २२ रनको तुफानी इनिङ खेले । १ सय ७५ रनको विजयी लक्ष्य लिएर जवाफी व्याटिङमा आएको दि नेक्स्ट राइजिङ १६.३ ओभरमा १ सय ८ रन जोड्दै अलआउट भयो । राइजिङका लागि सुवास विश्वकर्माले ३७ र विशाल कामबोजले ३४ रनको योगदान दिएपनि टिमको हार टार्न सकेनन् ।

लुम्बिनीका लागि किफायति बलिङ गर्दै क्षितिज बस्नेतले ४ ओभरमा १७ रन दिएर महत्वपूर्ण ४ विकेट प्राप्त गर्दा हेमन्त आचार्य र अनुप ओलीले २/२ विकेट प्राप्त गरे । राइजिङका लागि भने, अंकित श्रेष्ठ ४ र दिपेन्द्र थापाले ३ विकेट लिएका थिए । उपाधीसँगै, लुम्बिनीले ६ हजार अस्ट्रेलियन डलरका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने, उपविजेता बनेको दि नेक्स्ट राइजिङले २ हजार डलरका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

विजयी खेलाडी तथा टोलीलाई न्यू साउथ बेल्स क्रिकेटका प्रतिनिधि, प्रतियोगिताका प्रायोजक तथा सामाजिक अभियन्ताहरुले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितालाई किङस्टन इन्स्टीच्यूडले मुख्य प्रायोजन गरेको थियो । विभिन्न १६ टोलीको सहभागिता थियो । क्याम युथ एशोसिएशन अस्ट्रेलियाका संस्थापक एवम् अध्यक्ष मुस्कान पाण्डेले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रायोजक, खेलाडी एवम् व्यवस्थापकहरुलाई धन्यबाद दिएका छन् ।

(Visited 45 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services