अस्ट्रेलियामा रहेका बेगखोलाबासीद्धारा सरसफाई सामाग्री सहयोग
प्रकाशित मितिः1 year ago

सिड्नी । अस्ट्रेलियामा रहेका बेगखोलाबासीले गाउँमा सरसफाईका सामाग्री सहयोग गरेका छन् । अध्ययन र रोजगारको सिलसिलमा अस्ट्रेलियामा रहेका म्याग्दीको रघुगंगा–१ बेगखोलाबासीले सिड्नीमा भेटघाट कार्यक्रमको आयोजना गर्दै त्यसमार्फत संकलित रकमले गाउँमा ७२ हजार रुपैयाँ बराबरको सरसफाई सामाग्री सहयोग गरेका हुन् ।

बेगखोलामा क्रियाशील बेगखोला युवा जागरण मार्फत जागरणका संस्थापक सदस्य अहिले अस्ट्रेलियामा रहेका रमेश फगामीले गाउँका टोलसुधार समितिका संयोजकलाई डस्टबिन, बाल्टिन र झाडुहरु वितरण गरिएको थियो । युवा जागरणले बेगखोलामा हरेक टोलमा सरसफाईसँगै, शिक्षा, म्याद गुज्रेका औषधी र जाँडरक्सी नियन्त्रणमा रचनात्मक कार्य गर्दै आएको छ ।

युवा जागरणकै पहलमा अहिले गाउँमा शिक्षाबाट बञ्जित चार जना विपन्न विद्यार्थीलाई खाना र जिन्सी सहयोग गरिरहेको छ ।बेगखोला न्यूजका एडमिन सूर्य गर्बुजाले अस्ट्रेलिया रहेपनि गाउँको विकासमा सहयोग गर्न बेगखोलबासी एकजुट बनेको बताए । ‘पहिलो चरणमा हामीले सरसफाईसम्बन्धि सामाग्री सहयोग गरेका हौँ’ उनले भने, ‘आगामी दिनमा अन्य सहयोग पनि गर्दै जानेछौँ ।’

(Visited 223 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services