एनआरएनए यूकेको अध्यक्षमा हितकाजी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी भएका छन् । शनिबार सम्पन्न अनलाइन मतदानमा उनले १ हजार ४७९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी दिनेश घिमिरे १ हजार २५४ मत प्राप्त गरे। ।

संघको आइसीसी सदस्यमा शुनिलबाबु खड्का, विष्णु चालिसे, चन्द्र बहादुर गुरुङ, र दिलराज गुरुङ विजयी भएको निर्वाचन समितले जनाएको छ । यस्तै, संघको २ उपाध्यक्षमा रविन्द्र कंडेल, सुरेश परियार निर्वाचित भएका छन् । स्कटल्याण्डको उपाध्यक्षमा मनिष खरेल विजयी भएका छन् भने महासचिवमा गोविन्द खरेल विजयी भए । यसैगरी सहकोषाध्यक्षमा हेम गुरुङ विजयी भए ।

(Visited 40 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services