बिनासेटिङ, मिलेमतो नभएर सुन तस्करी सम्भव छैन : रवि लामिछाने
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले भने, ‘ बिनासेटिङ, मिलेमतो नभएर सम्भव छैन । तर कुन लेबलको, कुन ढंगको हो भन्ने अनुसन्धान गर्नुपर्ने होला ।’

उनले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यसबाट थप टिप्पणी गर्न नहुने बताए । एमालेले गृहमन्त्रीको राजीनामा मागेको सन्दर्भमा उनले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको बताए ।

अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले नमाग्ने बताउँदै उनले धैर्य गर्ने बताए । वास्तविकता थाहा पाएर गलत हो भने मात्रै आवाज उठाउने उनले बताए ।

‘अरुले जे गरे त्यही स्वतन्त्र पार्टीले गर्दैन,’ उनले भने, ‘हामी धैर्य गर्छौं । वास्तविककता थाहा पाएर मात्रै सडक सदनमा कुरा गर्छौं ।’

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services