दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु १९ च्याम्पियनसिपको समूह विभाजन भएको छ ।
साफले आगामी सेप्टेम्बर २१ देखि ३० सम्म दशरथ रंगशालामा हुने प्रतियोगिताको लागि समूह सार्वजनिक गरेको हो । यसपटक प्रतियोगितामा आयोजक नेपालसहित ६ टोलीको सहभागीता रहनेछ ।
समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र पाकिस्तान छन् । यसैगरी समुह ‘बी’ मा भारत, भुटान र बंगलादेशले स्थान बनाएका छन् । फिफा प्रतिबन्धमा रहेको श्रीलंका भने सहभागी हुन पाउने छैन ।
प्रतियोगिताको पाँचौ संस्करण आईपुग्दा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् । नेपालले पहिलो पटक सन् २०१५ सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको प्रतियोगिता जितेको थियो । भुटानमा भएको दोस्रो संस्करण पनि नेपालले नै जित्यो ।
पछिल्ला दुई संस्करण २०१९ र २०२२ भने भारतले हात पारेको हो । साविक विजेता भारतले बंगलादेशलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको थियो । बंगलादेश तीन पटक उपविजेता भएको छ ।
© 2023. All rights reserved. Designed By: HK Web Services