एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि भारत र पाकिस्तान ए भिड्ने
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि भारत र पाकिस्तान ए भिड्ने भएका छन् । पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ए लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनायो 

भारतले दोस्रो सेमिफाइनल खेलमा बंगलादेश ए लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारत र पाकिस्तानबीचको फाइनल खेल आइतबार हुनेछ ।

त्यसअघि पि सारा ओभल कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ५० ओभरमा ३ सय २२ रनमा अल आउट भएको थियो । पाकिस्तानका ओमैर युसुफले ७९ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ८८ रन बनाए । त्यस्तै कप्तान मोहम्मद हरिस ५२, मुबासिर खान ४२, मोहम्मद वासिम जुनियर २४ र सैम अयुब २२ रनमा आउट भए ।

श्रीलंका ए का लाहिरु मराराकोन, प्रमोद मदुशान र चामिका करुणारत्नेले समान दुई विकेट लिए । जितको लागि ३ सय २३ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका ४५.४ ओभरमा २ सय ६२ रनमा अल आउट भयो ।

श्रीलंकाका सहान अर्चाचिगेले १ सय ९ बलमा १२ चौका र १ छक्कासहित ९७ रन बनाए । त्यस्तै अर्का ओपनर अविष्का फ्रेनान्डोले ८५ बलमा १२ चौका र २ छक्कासहित ९७ रनको इनिङ खेलेपनि जिताउन सकेनन् । यी दुई ब्याटर बाहेक अन्य कुनैपनि श्रीलंकाका खेलाडीले रन बनाउन सकेनन् ।

पाकिस्तानका तीव्र गतिका बलर अर्शद इकबालले ७.४ ओभरमा ३७ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । मुबासिर खान र सुफियान मुकीमले समान दुई विकेट लिए ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services