अस्ट्रेलियाको बेरोजगारी दर घट्यो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । अस्ट्रेलियामा बेरोजगारी दर झन् घटेको छ । चर्को महँगीका बीच संघीय सरकार मातहत तथ्यांक विभागले जारी गरेको जुन महिनाको तथ्यांकमा वेरोजगारी दर घटेर ३.५ प्रतिशत पुगेको जनाएको छ । अघिल्लो महिना यो दर ३.६ प्रतिशत थियो । सरकारले जुन महिनामा थप ३९ हजार पूर्णकालीन रोजगारी र ७ हजार पार्टटायम रोजगारी सिर्जना गरेको यहाँको सेभेन न्यूजले जनाएको छ ।

‘बेरोजगारीको दर घटे पनि, दैनिक उपभोग्य बस्तुको मुल्य आकाशिएको छ, सरकारले यसलाई नियन्त्रण गर्न विशेष पहल गनुपर्छ’ सेभेन न्यूजले भनेको छ । सरकारले नयाँ आर्थिक बर्ष जुलाई देखि न्यूनतम तलब बृद्धि गर्नुका साथै अन्तराष्ट्रिय विद्यार्थीले प्रतिहप्ता २४ घण्टा मात्र काम गर्न पाउने प्रावधानलाई लागू गरेको छ । सरकारले यो अवधिमा निर्माण, पर्यटन र सेवाको क्षेत्रमा बढी रोजगारी सिर्जना भएको जनाएको छ ।

(Visited 32 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services