सन्दीप र दीपेन्द्र को खेल नेपाली समय अनुसार
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

नेपालका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले साउन ५ बाट सुरु हुने तेस्रो संस्करणको ग्लोबल टी-ट्वान्टी क्यानडा खेल्दै छन् ।

दीपेन्द्र पहिलो पटक कुनै पनि विदेशी लिग खेल्दै छन् । सन्दीप लामिछाने, कुशल मल्ल, सोमपाल कामी, करण केसी पछि विदेशी लिगमा दीपेन्द्रले सहभागीता जनाउँदै छन् । सन्दीप र सोमपाल पछि यो लिग आबद्ध हुने दीपेन्द्र तेस्रा नेपाली खेलाडी हुन् । नेपाली राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका दीपेन्द्र लिगको तेस्रो संस्करणमा मोन्ट्रियल टाईगर्समा अनुबन्ध भएका छन् । यस टोलीमा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, क्रिस लिन, सकिब अल हसन लगायतका खेलाडी रहेका छन् ।

दीपेन्द्र आबद्ध मोन्ट्रियलको पहिलो खेल साउन ६ गते रहेको छ । पहिलो खेलमा नै दीपेन्द्र आबद्ध टोलीको खेल सन्दीप लामिछाने रहेको टिमविरुद्ध खेल्नेछ । पहिलो खेल साउन ६ गते बिहान सवा १ मा सरे जगुआरविरुद्ध खेल रहेको छ ।

टाईगर्सको दोस्रो खेल ७ गते बेलुका पौने ९ मा रहेको छ । दोस्रो खेलमा टाईगर्सले मिसिसागा प्यानथर्ससँग खेल्नेछ ।

तेस्रो खेलमा मोन्ट्रियलले साउन १० गते बिहान सवा १ मा भैंकूवर नाइट्ससँग खेल्नेछ । साउन १० मा टाईगर्सको चौथो खेल रहेको छ । चौथो खेलमा टाईगर्सले ब्रैम्प्टन वुल्भ्ससँग खेल्नेछ ।

दीपेन्द्र आबद्ध टाईगर्सको पाँचौ खेल साउन १५ गते रहेको छ । पाँचौ खेलमा साउन १५ गते बिहान सवा १ मा टोरन्टो नेशनलसँग खेल्नेछ ।

छैटौं तथा समूह चरणको आफ्नो अन्तिम खेल दीपेन्द्र आबद्ध टाईगर्सको साउन १७ मा रहेको छ । सातौं खेलमा साउन १७ गते बिहान सवा १ मा भैंकूवर नाइट्ससँग रहेको छ ।

समूह चरणको खेलबाट शिर्ष चारमा रहेमा साउन १९ बाट सुरु हुने प्लेअफका खेलहरुमा टाईगर्सले प्रतिस्पर्धा गर्नेछ । यस लिगको फाइनल खेल साउन २१ मा रहेको छ

 

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले साउन ५ बाट सुरु हुने तेस्रो संस्करणको ग्लोबल टी-ट्वान्टी क्यानडा खेल्दै छन् ।

सन्दीपले विभिन्न विदेशी लिगको अनुभव लिईसकेका छन् । तेस्रो संस्करणको यस लिगमा सन्दीपको यो तेस्रो सहभागीता हो । पहिलो संस्करणमा मोन्ट्रियल टाईगर्स र दोस्रो संस्करण टोरन्टो नेशनलबाट खेलेका थिए ।

दुवै संस्करणमा राम्रो प्रदर्शन गरेका सन्दीप लिगको तेस्रो संस्करणमा सरे जगुआर्स अनुबन्ध भएका छन् । यस टोलीमा लिन्टन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, ईफ्तिखार अहमद लगायतका खेलाडी रहेका छन् ।

सन्दीप आबद्ध सरेको पहिलो खेल साउन ६ गते रहेको छ । पहिलो खेलमा नै सन्दीप आबद्ध टोलीको खेल दीपेन्द्रसिंह ऐरी रहेको टिमविरुद्ध रहेको छ । ६ गते बिहान सवा १ मा मोन्ट्रियल टाईगरविरुद्ध खेल रहेको छ ।

जगुआर्सको दोस्रो खेल ८ गते बिहान सवा १ मा रहेको छ । दोस्रो खेलमा उसले ब्रैम्प्टन वुल्भ्ससँग खेल्नेछ ।

तेस्रो खेलमा जगुआर्सले साउन ९ गते बेलुका पौने ९ मा टोरन्टो नेशनलसँग खेल्नेछ । साउन १३ मा जगुआर्सको चौथो खेल रहेको छ । चौथो खेलमा जगुआर्सले मिसिसागा प्यानथर्ससँग खेल्नेछ ।

सन्दीप आबद्ध टोलीको पाँचौ खेल साउन १४ गते रहेको छ । पाँचौ खेलमा साउन १४ गते बिहान सवा १ मा जगुआर्सले भैंकूवर नाइट्ससँग खेल्नेछ । साउन १६ गते बेलुका पौने ९ मा जगुआर्सको छैटौं खेल रहेको छ । छैटौं खेलमा जगुआर्सले ब्रैम्प्टन वुल्भ्ससँग खेल्नेछ ।

सातौं तथा समूह चरणको आफ्नो अन्तिम खेल सन्दीप आबद्ध जगुआर्सको साउन १७ मा रहेको छ । सातौं खेलमा जगुआर्सले मिसिसागा प्यानथर्ससँग खेल्नेछ ।

समूह चरणको खेलबाट शिर्ष चारमा रहेमा साउन १९ बाट सुरु हुने प्लेअफका खेलहरुमा जगुआर्सले प्रतिस्पर्धा गर्नेछ । यस लिगको फाइनल खेल साउन २१ मा रहेको छ ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services