
काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म चल्ने भएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्ने बताउनुभयो । उहाँले केन्द्रीय समिति सदस्यहरूले बैठकमा पार्टीगत, समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताउनुभयो ।
नेता पौडेलले बैठक शुक्रवार र आइतवार बस्ने बताउनुभयो । भाेलिकाे बैठक बिहान ११ बजे शुरु हुनेछ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services