क्रिकेटर अविनाशसँग सिड्नीमा साक्षात्कार
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । नेपाली राष्ट्रिय टोलीका तीब्र गतिका बलर अभिनाश बोहोरासँग सिड्नीमा साक्षात्कार गरिने भएको छ । सिड्नीमा आइटी, अकाउन्टिङ र क्रिकेटसम्बन्धि विभिन्न काम गर्दै आएको एक्ट्राटेकको आयोजनामा  आउने आइतबार उक्त कार्यक्रम आयोजना गरिएको हो । नेपाली क्रिकेटमा ‘योरकर किङ’का रुपमा परिचित अविनाश टि ट्वान्टी फर्याम्टलाई उपयुक्त बलर हुन् ।

गतबर्ष नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक आयोजना गरेको नेपाल टि ट्वान्टी लिगमा शानदार बलिङ गर्दै उत्कृष्ट बलर बनेका अभिनाश एकदिवसीय फरम्याटमा राष्ट्रिय टोलीमा स्थान बनाउन भने संघर्ष गर्दै आएका छन् । एक्ट्राटेकका प्रबन्ध सञ्चालक विनोद कुवँरले राष्ट्रिय टोलीका सदस्यसँग सिड्नीमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्न पाउँदा खुशी लागेको बताए ।

सो अवसरमा, रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधिन ‘एक्ट्राटेक ओभल अन्तराष्ट्रिय क्रिकेट रंगशाला’का विषयमा थप जानकारी समेत गराउने उनले जानकारी दिए । कुवँर र उनका धर्मपत्नी सदिक्षा गौतमले ४० करोड रुपैयाँका लागतमा रुपन्देहीमा रंगशाला निर्माण गरिरहेका छन् । ‘यो सिड्नीमा रहेका क्रिकेटप्रेमी र खेलाडीहरुका लागि राम्रो अवसर हो’, कुवँरले भने । अविनाशले नेपालका लागि ३६ टि ट्वान्टी आइमा ४० विकेट लिएका छन् ।

(Visited 59 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services