राजदुत पोखरेलद्धारा एकबर्षे कार्यप्रगति सार्वजनिक
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदुत कौलाशराज पोखरेलले आफ्नो एकबर्षे कार्यकालको कार्यप्रगति सार्वजनिक गरेका छन् । बुधबार सामाजिक सञ्जाल मार्फत राजदुत पोखरेलले आफुले कार्यभार सम्हालेको एकबर्षमा न्यून जनशक्तिका बाबजुद दुईराष्ट्रको सम्बन्धलाई थप प्रगाढ बनाउन र अस्ट्रेलियाका रहेका नेपाली समुदायलाई छिटो र प्रभावकारी सेवा प्रवाह गर्न सक्दो प्रयास गरिएको जानकारी दिएका छन् ।

सन् २००७ मा अस्ट्रेलियामा दुवातावास स्थापना भएदेखि अहिलेसम्म दुतावासमा जनशक्तिको दरबन्दी थप हुन नसकेको भन्दै उनले भनेका छन्, ‘सन् २०२३ सम्म आइपुग्दा अस्ट्रेलियामा एकलाख २२ हजार भन्दा बढी नेपाली रहेका छन्, उनीहरुलाई सन् २००७ कै जनशक्तिले सेवा दिनुपरेको छ ।’ दुतावासमा अहिले दैनिक २ सयको हाराहारीमा राहदानी नवीकरणको माग आउने भएपनि सफ्टवेयर र जनशक्तिको क्षमताका कारण बढी ७० जनालाई सेवा दिन सकिएको उनले जानकारी दिएका छन् ।

राजदुत पोखरेलले एकबर्षमा गरेका प्रमुख नौ वटा कार्यहरु यस्ता छन्:

1. दूतावासमा पासपोर्ट बनाउदा लाग्ने शुल्क ( राजस्व) नगदमा मात्र तिर्नुपर्ने बाध्यात्मक परिस्थितिलाई अन्त्य गर्न म आएको दुई महीना मैं EFTPOS machine दूतावासमा राखियो। अहिले डेबिट कार्डबाट पनि राजस्व तिर्न मिल्छ ।
2. क्यानबेराबाट टाढ़ा रहनु भएका नेपालीहरूलाइ सहज होस भनेर म आफू आएको पहिलो महिनामै पासपोर्ट बनाउनको लागी आवश्यक पर्ने सिस्टम भएको मोबाइल machine केन्द्रबाट मगाएर घुम्ति सेवा सुरुगरियो । Passport घुम्ती टोलीको सेवाको लागी अहिलेसम्म Australia को Tasmania, Perth, Brisbane अनि New Zealand का 3 वटा शहर Auckland, Christchurch, Toronga गरी 6 ठाऊँमा पासपोर्ट नविकरण लगायत कन्सुलर सेवा दिईसकिएको छ । र यो क्रम निकट भविष्यमा पनि ज़ारीरहने छ ।
3. 2022 को सेप्टेम्बरमा नेपाल- अष्ट्रेलिया बिच परराष्ट्र सचिवस्तरमा उच्चस्तरीय वार्ता सम्पन्न गरिएको छ ।
4. में, 2023 मा लामो समयपछि अष्ट्रेलियाबाट नेपालमा मन्त्रीस्तरीय भ्रमण सम्पन्न भएको छ ।
5. फेब्रूअरी, 2023 मा नेपाल-अस्ट्रेलिया Parliamentary Friendship Group पुनर्गठन गरिएको छ ।
6. नेपाल-अष्ट्रेलिया बैंकिंग सम्वन्ध बढ़ाउन तथा अष्ट्रेलियाबाट नेपाल पैसा पठाउन कसरी सहज बनाउने भन्ने लगायतका विषयमा Reserve Bank of Australia का Governor सँग़ भेटवार्ता गरिएको छ ।
7. विभिन्न नेपाली संस्थाहरुसंग सहकार्य गरी पर्यटन प्रवर्धनका कार्यहरु भएका छन । यो अवधिमा अष्ट्रेलियाका सबै राज्यहरुमा Nepal Festival हरु भव्यताका साथ सम्पन्न भएका छन । यी सबै Events हरूबाट नेपालको पर्यटन प्रवर्धनमा टेवा पुगेको छ । अहिले यो region बाट नेपाल घुम्न जाने पर्यटक दिनानुदिन बढ़ीरहेका छन । 2023 को पहिलो सात महीनामा अष्ट्रेलियाबाट नेपाल जाने पर्यटकहरुको संख्या 18 हजार भन्दा माथी पुगेको छ ।
8. यो अवधिमा आफ्नो कार्य क्षेत्रका विभिन्न राज्यका गभर्नर(राज्यप्रमुख), मन्त्रीहरु सँग़ भेटघाट र दुईदेश बिचको सम्बन्ध , ब्यापारका विविध बिषयमा कुराकानी गरिएको छ । त्यसैगरी विभिन्न राज्यहरुमा रहनु भएका नेपाली समुदायहरु संग भेटघाट र अन्तर्क्रियाहरु सम्पन्न भएका छन ।
9. यो एक बर्षको अवधिमा हाम्रो दूतावासबाट 9,235 वटा पासपोर्टको प्रोसेस भएको छ ।
(Visited 47 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services