अनमोल र जसिताको `फर्की फर्की´ को रिलिज मिति तय
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहने फिल्म`फर्की फर्की´को रिलिज मिति सार्वजनिक गरिएको छ । छायांकनमा जानु अगावै निर्माण टिमले फिल्म रिलिज मिति सार्वजनिक गरेका हुन् । महाशिवरात्रिको बिदाको अवसर पारेर आगामी फागुन २५ गते फिल्मलाई प्रदर्शन गर्ने तयारी गरिएको छ ।

सुयोग गुरुङको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्ममा नरेन्द्र मैनालीले छायांकन रहने छ । लभ स्टोरी कथामा निर्माण हुने फिल्ममा अपूर्व तामाङ, नरेन लिम्बु, भेक र अल्मोडा राना उप्रेतीको सङ्गीत, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।फिल्मका लागि अनमोलले ५० लाख पारिश्रमिक बुझेका छन् । उनले साइनिङ अमाउन्टको रूपमा १० लाख बुझिसकेका छन् ।

(Visited 46 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services