नेपालले भारतसँग डे नाइट क्रिकेट खेल्दै
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

काठमाण्डाै – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा  डे नाइटमा हुनेछ । नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् । नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो ।

त्यस्तै, भारतले यूएई ‘ए’ लाई ८ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपालले पर्सि यूएईको ‘ए’ टोलीसँग खेल्नेछ । नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा यूएई, पाकिस्तान र भारतको ‘ए’ टोली छन् ।

त्यस्तै, समूह ‘ए’ मा श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो ।

भारतले भने यूइई ए लाई पराजित गरेको थियो ।
(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services