म्याग्दीको पर्यटन प्रर्वद्धन गर्न मोना अस्ट्रेलियाको फोटो प्रतियोगिता
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाले म्याग्दी जिल्लको पर्यटन प्रर्बन गर्नका लागि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ ।आफ्नो फेसबूक ग्रुप मार्फत म्याग्दीको पर्यटकीय स्थलहरुको फोटो प्रर्दशन गर्ने प्रतियोगिता आयोजना गरेको मोना अस्ट्रेलियाका सदस्य एवम् प्रतियोगिताका संयोजक बाबुराम पौडेलले जानकारी दिए ।

उनका अनुसार, फोटो प्रतियोगितामा सहभागीले जिल्लाका कुनैपनि पर्यटकीय स्थल वा उक्त स्थानले पर्यटन सम्भावनाको बारेमा कम्तीमा तिस शब्दको क्याप्सन सहित आफ्नो ठेगाना र नाम उल्लेख गर्नुपर्नेछ ।लाईक र कमेन्टको आधारमा मुल्याङन गरिने प्रतियोगितामा प्रथम हुनेले रु २० हजार, द्धितिय हुनेले रु १० हजार र तृतिय हुनेले रु ५ हजारको साथमा प्रमाण पत्र र ट्रफी पाउनेछन् ।

प्रतियोगिले साउन ६ गतेदेखि ९ गते सम्म मात्र फोटो ग्रुपमा पोष्ट गर्न पाईने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी म्याग्दी जिल्लामा बसोबास गर्ने हुनुपर्नेछ । उक्त फोटो MONA Australia – Myagdi Overseas Nepalese Associationको म्यासेन्जरमा पठाउन सकिनेछ । पठाईएका फोटोहरु एडमिनले प्रतियोगी नम्बर दिएर फेसबुक पेजमा प्रकाशन गर्नेछ ।

(Visited 67 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services