बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

काठमाडौ । संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको भन्दै नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासीले विसर्जनमा रोक लगाएका छन्।

उनीहरूले सोमबार बिहानैदेखि ककनी गाउँपालिका र धुनीबेसीको सीमानामा अवरोध गरेका हुन्।स्थानीयको अवरोधका कारण काठमाडौंबाट फोहोर बोकेर गएका कन्टेनर बीच बाटामै रोकिएका छन्। ककनी–३, ५ र धुनीबेसी–१ का स्थानीय विरोध प्रदर्शनमा उत्रिएपछि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

स्थानीयबासीको आन्दोलनमा ऐक्यबद्धता जनाउन जनप्रतिनिधिहरू पनि सडकमा आएको ककनी गाउँपालिका(३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए। ‘फोहोर र मानव सँगै नराख भनेर हामीले बारम्बार ताकेता गर्‍यौं तर सहरी विकास मन्त्रालयको कानमा बतास लागेन,’ उनले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्रीले दिएको निर्देशनसमेत कार्यान्वयनमा नआएपछि आन्दोलन बाध्यता बन्यो।’

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services