सिड्नी–दिल्ली उडानअधिकारीलाई यात्रुको थप्पड
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

एजेन्सी। एक हवाई यात्रुसँग अभद्र व्यवहारको अर्को घटना बाहिर आएको छ । सिड्नी–दिल्ली उडानमा सवार एयर इन्डिया (एआई) का एक वरिष्ठ अधिकारीलाई कथित रूपमा दुर्व्यवहार र कुटपिट गरिएको थियो।

सिटमा गडबडीका कारण बिजनेस क्लासबाट इकोनोमी क्लासमा झरेका एयर इन्डियाका अधिकारीले चर्को स्वरका कारण सहयात्रीलाई रोक्न खोज्दा उक्त घटना भएको स्रोतले जनाएको छ । शारीरिक आक्रमणको बाबजुद एयर इन्डियाका चालक दलका सदस्यले अनियन्त्रित यात्रुलाई नियन्त्रण गर्न संयम उपकरण प्रयोग गरेनन ।

एक विज्ञप्तिमार्फत एयर इन्डियाका प्रवक्ताले भने, ‘जुलाई ९ मा सिड्नी–दिल्ली सञ्चालन गर्ने उडानमा एक यात्रुले मौखिक र लिखित चेतावनीको बाबजुद, उडानको क्रममा अस्वीकार्य व्यवहार गरे, जसले अन्य यात्रुहरूलाई असुविधा भएको थियो, जसमा हाम्रा एक कर्मचारीमाथी पनि हातपात भयो ।’विमान दिल्लीमा सकुशल अवतरण गरेपछि यात्रुलाई सुरक्षा निकायलाई सुम्पिएको र पछि यात्रुले लिखित रूपमा माफी मागेको एयरलाइन्सले जनाएको छ ।

(Visited 38 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services