
सिड्नी । क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी आउँदो २० जुलाईबाट सुरु हुने क्यानडा टी–२० मा खेल्नसँगै जाने भएका छन् । निकै अन्योलताका बीच सन्दीप लामिछानेले पनि प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको हो । सन्दीप विरुद्ध, जिल्ला अदालत काठमाडौमा विराधीन मुद्दाका कारण सन्दीपको क्यानडा यात्रा अनिश्चित बनेको थियो । यही प्रतियोगिताका कारण सन्दीप र दिपेन्द्र दुवै श्रीलंकामा हुने इमर्जिङ टिम्स, एसिया कप खेल्ने टिममा उपलब्ध भएका थिएनन् ।
सन्दीपको तारेख यहि असार २९ गतेलाई काठमाडौं जिल्ला अदालतमा तोकिएको थियो । तर साधारण तारेख मात्र भएकाले सुनुवाई नहुँदा उनी क्यानडाबाट फर्केपछि मात्रै अर्को पेशीको मिति तोकिने, अदालतले जनाएको छ ।हरेक वर्ष आर्थिक वर्षको पहिलो आधा महिना अर्थात (साउन १ देखि १५ गतेसम्म) अदालतमा मुद्दाको सुनुवाइ हुँदैन । त्यसैले, सन्दीप फर्केपछि मात्रै उनको मुद्दाको छिनोफानो हुनेछ । अदालतले अनुमति दिएसँगै, सन्दीप र दीपेन्द्र सोमबारसँगै क्यानडा जाने नेपाल क्रिकेट संघ, क्यानले जनाएको छ ।
कम्तीमा साउन १८ गतेसम्म उनीहरू ग्लोबल टी–२० प्रतियोगिता खेलिरहेका हुनेछन् । सन्दीपले आफू विरुद्ध मुद्दा परेपछि पहिलो पटक अन्तर्राष्ट्रिय टी–२० लिग खेल्न लागेका हुन् भने दीपेन्द्रका लागि यो पहिलो अनुभव हुनेछ ।सन्दीपविरुद्ध मुद्दा हाल्ने गौशाला २६ ले अदालतमा अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि फैसलाको सुनुवाइ लम्बिएको थियो । यो मुद्दा जिल्ला अदालतमा विभिन्न बहानामा पछि धकेलिँदै आएको छ । लिगमा सन्दीप, सुर्य जगुरस र दिपेन्द्र मोन्टरियल टाईगर्समा आबद्ध भएका छन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services