
जनकपकुरधाम । महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा सुरु भएको छ । भंगहा रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको छ ।नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो ।
थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा रेल सेवा विस्तार भएको हो ।रेल हेर्न भंगाहामा स्थानीय बासिन्दाको घुँइचो लागेको थियो ।भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।
ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि कुर्थादेखि जयनगरसम्म सञ्चालनमा आएको थियो ।सुरुमा दुईपटक मात्र सेवा दिने गरेको रेल गत मंसिरमा विवाहपञ्चमीको बेलादेखि दिनको आउने जाने गरी चारपटक सञ्चालनमा थियो ।भोलिदेखि भने थप सेवा विस्तार गरी दैनिक दुबै रेल तीनपटक आउने र जाने गरी ६ पटक सेवा दिने नेपाल रेल्वे विभागका महाप्रवन्धक निरञ्जन झाले झाले बताए ।भंगहा स्टेशनबाट मात्र दिनको दुईपटक साँझ र बिहान सेवा दिने छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services