
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०८१ बाट हवाई टिकटमा लगाएको मूल्य अभिवृद्धि कर ९भ्याट० कार्यान्वयनमा आउँदा आन्तरिक उडानतर्फ ६ प्रतिशतसम्म हवाई भाडा बढ्ने भएको छ ।वायुसेवा कम्पनीहरुका अनुसार सोही अनुसार वायुसेवा सञ्चालक संघमा आबद्ध सबै कम्पनीहरु भ्याटमा दर्ता भइ टिकटमा लाग्ने भ्याट कार्यान्वयन गर्ने तयारीमा जुटेका छन् ।
मूल्य अभिवृद्धि कर लाग्ने भएकाको हकमा घोषणा भएको ३० दिनभित्र भ्याटमा दर्ता भइसक्नु पर्छ ।नेपालमा वस्तु तथा सेवामा १३ प्रतिशत भ्याट लाग्छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार हवाई टिकटमा भ्याट कार्यान्वयन गर्दा हवाई टिकट ६ प्रतिशत हाराहारी मात्र बढ्नेछ ।
हवाई इन्धन, कार्यालय सञ्चालनका सामग्री तथा उपकरण खरिदमा तिरेको भ्याट कम्पनीहरुले फिर्ता दाबी गर्न पाउने भएकाले जति प्रतिशत कर लाग्ने हो, मूल्य त्यति नै बढ्दैन ।नयाँ प्रावधान अनुसार भाडादरसहित जहाज, इन्जिन र पार्टपूर्जाको आयातमा १३ प्रतिशत भ्याट जोडिन्छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक यात्रुबाट विमानस्थल विकास शुल्कका नाममा ५०० रुपैयाँ लिन्छ ।
वायुसेवा कम्पनीको हवाई भाडामा मात्र भ्याट जोडिंदा ६ प्रतिशतसम्म भाडा बढ्ने अनुमान गरिएको हो ।यसअघि हवाई टिकटमा भ्याट लाग्दैनथ्यो । सोहीकारण कम्पनीहरु भ्याटमा दर्ता समेत हुनु अनिवार्य थिएन । अब भने सबै कम्पनी भ्याटमा दर्ता भइ कारोबार गर्नुपर्ने भएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services