एसियाली खेलकुद : गायकवाडको कप्तानीमा भारतको टोेली घोषणा
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

एजेन्सी – भारतले आगमी सेप्टेम्बर र अक्टोबरमा चीनमा हुने १९ औं एसियाली खेलकुद खेल्ने क्रिकेट टोली घोषणा गरेको छ । भारतले युवा ब्याटर ऋतुराज गायकवाडको कप्तानीमा टोेली घोषणा गरेको हो । भारतले आफ्नो दोस्रो रोजाईको टोली एसियाली खेलकुदमा पठाउने भएको छ ।

यस सिजनको आइपिएलमा कोलकाता नाइट राइडर्सबाट सानदार प्रदर्शन गरेका रिंकु सिंह टोलीमा छन् । रिंकुले गुजरात टाइटन्सका यश दयाललाई अन्तिम ओभरमा  ३१ रन प्रहार गर्दै टोलीको जित पक्का गराएका थिए ।

बायाँ हाते ब्याटर रिंकु फिनिसर हुन् । त्यस्तै पन्जाब किंग्सबाट उत्कृष्ट प्रदर्शन गरेका विकेटकिपर प्रभसिम्रन सिंहलाई पनि भारतले मौका दिएको छ ।

प्रतियोगिता आगमी सेप्टेम्बर १९ देखी अक्टोबर ८ सम्म जेजिंग युनिभर्सिटी अफ टेक्नोलोजी पिंगफेंग क्रिकेट फिल्डमा हुनेछ । प्रतियोगिता टि२० शैलीमा हुनेछ ।

आगमी अक्टोबर ५ देखी भारतमा एकदिवसीय विश्वकप सुरु हुँदैछ । त्यसैको कारण भारतले आफ्नो विश्वकप टोलीमा नहुने खेलाडीलाई एसियाली खेलकुदमा पठाउने भएको हो । यस प्रतियोगिता नेपालले पनि खेल्नेछ ।

भारतको टोली :ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वासिन्टन सुन्दर, शाहजाद अहमद, रवि विश्रोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम माभी, शिवम दुबे र प्रभशिम्रन सिंह (विकेटकिपर) ।

(Visited 45 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services