गौतम बुद्ध क्रिकेट रंगशालाले १२ करोड अनुदान पाउने
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः3 years ago

काठमाण्डाै –  युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले नयाँ आर्थिक वर्षबाट चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढ्ने बताएका छन् ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ आर्थिक वर्षबाट धुर्मुस-सुन्तली फाउन्डेसनले सरकारको तर्फबाट दिने भनिएको १२ करोड रुपैयाँ अनुदान पाउने र सोही अनुसार रङ्गशाला निर्माणको काम पनि अघि बढ्ने बताए ।

उनले यसअघि नै सरकारले १२ करोड रुपैयाँ रङ्गशाला निर्माणका लागि फाउण्डेशनलाई दिने भनिए पनि कानुनी झन्झटका कारण हुन नसकेको र आगामी आर्थिक वर्षबाट रङ्गशाला निर्माणको कामले गति लिने बताए ।

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला कुनै एक व्यक्तिले निर्माण गर्न सक्ने स्थिति नरहेको भए पनि निर्माण गर्न अघि सर्ने बेलामा सबैले हाइहाइ गर्दा अहिलेको अवस्था भोग्नुपरेको बताए । उनले अहिलेको रङ्गशालाको समस्यालाई सकारात्मक रूपमा लिएको र आगामी दिनमा रङ्गशाला निर्माणको कामले गति लिने बताए । उनले भने, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको कुरा छ, धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेको रङ्गशाला, सुरु गर्ने बेलामा सबैले हाइहाइ गरे, तर पछि समस्या आयो । एउटा मान्छेले तीन, साढे तीन अर्बको रङ्गशाला बनाउँछ भनेर कसरी सकिन्छ । त्यो बेला नै हो सक्दैन भनेको भए हुने थियो । हामीले हौसिएर ताली पिट्ने काम ग¥यौँ ।

मैले मन्त्रालयको तर्फबाट अहिलेका यो समस्यालाई सकारात्मक रूपमा लिनेछु । क्याबिनेटले राष्ट्रिय खेलकुद परिषद्मा रहेको २२ करोड रकममध्ये १२ करोड रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई अनुदान दिने भन्ने निर्णय गरेको थियो । निर्णय मन्त्रालयमा आइसकेपछि मन्त्रालयले कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्मा पठायो, परिषद्मा २ लाख भन्दा बढी अनुदान दिने विनियमावलीमा नसक्ने रहेछ । कसरी दिने त भनेर त्यो गराउन नसक्ने भइसकेपछि कसरी गराउने भनेर अन्तिम चरणमा राखेपले नियमावली संशोधन गर्नुपर्ने भयो । त्यसको लागि महिनौँ लाग्ला भनेर थप निर्णय गरेर महानगरपालिकालाई रकमान्तर गरेर पैसा पठाएपछि खर्च हुनसक्छ भन्ने भयो, त्यसरी प्रक्रिया बढिसकेपछि असार मसान्तसम्म २२ करोड पैसा खर्च गर्न नसकिने भएपछि हामीले समर्पण भन्ने व्यवस्था गरेर २२ करोड रुपैयाँ फर्किएर गयो । यो धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेको गौतम बुद्ध रङ्गशाला बनाउनका लागि नै खर्च गर्नुपर्ने अवस्था त्यहाँबाट गर्नुपर्नेछ । क्याबिनेटबाट निर्णय भइसकेको पनि छ, यो ठिक कुरामा कुरा उठेको छ, हामीबाट खर्च गर्न नसकेर उता समर्पण भएको, सम्भवतः नयाँ आर्थिक वर्षबाट फाउन्डेसनले पाउँछ र काम अघि बढ्छ ।’

मन्त्री लिम्बूले नयाँ आर्थिक वर्षबाट फाउन्डेसनले सरकारले घोषणा गरेको रकम पाउने बताए ।

(Visited 107 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services