सुनसरी, मोरङ र सप्तरीमा अति ठूलो वर्षा,सतर्कता अपनाउन मौसमविद्को आग्रह
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

सुनसरी, मोरङ र सप्तरीमा अति ठूलो वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मात्रै यी जिल्लामा एक सय मिलिलिटरभन्दा धेरै पानी परेको छ । सामान्यतया २४ घण्टामा यति धेरै पानी पर्ने हुन्छ ।

अहिले मनसुनी प्रणाली पूर्वी क्षेत्रमा बढी सक्रिय भएकाले त्यहाँका केही ठाउँमा आरीघोप्टे पानी परेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ तथा हरैचा आसपास अति ठूलो पानी परेकाले बाढी र डुबानको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँका बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत साना खोलामा आकस्मिक बाढीका साथै होचा ठाउँमा डुबानको उच्च जोखिम छ ।

बिहान ११ बजेसम्म नै यी क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै मौसमविद्का अनुसार सप्तरीकाे बर्माजियामा पनि अति ठूलो वर्षा भएको छ । बाढी पहिरोको जोखिम रहेकाले त्यहाँ पनि सतर्कता अपनाउन मौसमविद् गोविन्द झाको आग्रह छ ।

(Visited 26 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services