सर्पको डसाइबाट एक जनाकाे ज्यान गयाे
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

डोटीको केआईसिंह गाउँपालिका–४ मा सर्पको डसाइबाट एक जनाकाे ज्यान गएको छ । सर्पको डसाइबाट ७२ वर्षीया निरन्जनादेवी भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज भण्डारीले जानकारी दिनुभयो ।

छोरीसँग फोनमा कुरा गरिरहेका बेला भट्टलाई घरको आँगनमै सर्पले डसेकाे थियाे । भट्टलाई उपचारका लागि दिपायलमा रहेकाे शैलेश्वरी अस्पताल लगिएकाेमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

(Visited 49 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services