एनपिएलको उद्घाटन जुलाई ३० मा
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः1 year ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा हुने दोश्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल)को उद्घाटन जुलाई ३० मा हुने भएको छ । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजनामा हुने एनपिएलको उद्घाटन सत्रमा एनसिएए र एनपिएल ११ बीच मैत्रीपूर्ण खेल, ट्रफी रिभिल र जर्सी वितरण पनि गरिनेछ । प्रतियोगिताको औपचारिक खेल भने अगस्ट ६ देखि सुरु हुने आयोजक एनसीएएका अध्यक्ष करण श्रेष्ठले जानकारी दिएका छन् ।

‘एनपिएललाई विशेष बनाउन उद्घाटनका दिन मैत्रीपूर्ण खेलदेखि ट्रफी रिभिलसम्मका कार्यक्रम राखेका हौँ’, उनले भने । एनपिएलका खेलहरु नरेल्न भेइलको नगिट विमिस रिर्जभमा सञ्चालन हुनेछ । फिस्टेल होम्सले मुख्य प्रायोजन गरेको दोश्रो संकरणको एनपिएलमा गत सिजनकै चार फ्रेन्चाइज टोलीहरु, भाइव्रेन्ट वेगनास स्टार, पिरना से–फोक्सुण्डो स्टाइर्कस्, मेरिट छोरोल्फा च्यालेञ्जर्स् र रे प्रपर्टीज् गोक्यो हिरोजले प्रतिस्पर्धा गर्दैछन् । चारै फ्रेन्चाइज टोलीले पहिलो संस्करणमा आफ्नो टोलीबाट खेलेका ३ खेलाडीलाई गोल्ड र ३ खेलाडी सिल्भर क्याटोगरिमा रिटेन गर्नुका साथै अन्य आवश्यक खेलाडीहरु अक्सन मार्फत अनुबन्धन गरिसकेका छन् ।

जुलाई १ मा सम्पन्न अक्सनमा नामदर्ता गराएका १ सय ५० जना खेलाडीबाट भाइव्रेन्ट वेगनास स्टार, पिरना से–फोक्सुण्डो स्टाइर्कस्, मेरिट छोरोल्फा च्यालेञ्जर्सले  ११/११ र रे प्रपर्टीज् गोक्यो हिरोजले १० खेलाडी अनुबन्धन गरेको थियो । अक्सनमा अनुभवी क्रिकेटर नविन गुरुङले सबैभन्दा बढी मूल्य पाएका थिए । उनलाई रे प्रपर्टीज् गोक्यो हिरोज्ले ११ सय डलरमा आफ्नो टिममा अनुबन्धन थियो ।

अक्सनमा रे पपर्टीजले सबैभन्दा बढी २४ सय ५० डलर खर्चिदा, भाइव्रेन्ट वेगनास स्टारले २२ सय ५०, मेरिटले १८ सय ५० र सबैभन्दा कम १४ सय ५० डलर खर्चेका छन् । अक्सनमा फ्रेन्चाइज टोलीहरुलाई बढीमा २५ सय डलर खर्च गर्न गर्न पाउने सीमा तोकिएको थियो भने खेलाडीको न्यूनतम मूल्य एकसय डलर निर्धारण गरिएको थियो । दोश्रो संस्करणमा विजेता, उपविजेता र खेलाडीलाई गरि पुरस्कारमा मात्रै २५ हजार डलर खर्च गरिने एनपिएलका पब्लिक रिलेशन अफिसर अजय क्षत्रीले जानकारी दिए ।

 

(Visited 98 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services