अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलआज, नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्दै
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्दैछ ।

नेपाल र बङ्लादेशबीचको खेल ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा बेलुका पौने ६ बजे सुरु हुनेछ । गएको वर्ष भदौमा काठमाण्डौमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल र बङ्लादेशले एक अर्काबीच मैत्रीपूर्ण दुई खेल खेल्न लागेका हुन् ।

पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्दा बङ्लादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् ।

खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले आजको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् । त्यस्तै, बङ्लादेश मुख्य प्रशिक्षक मोहबुबुर रहमन लिटुले साफ च्याम्पियनसिपको फाइनलमा आफूहरुले हराएको भए पनि नेपाल बलियो टोली रहेको र खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

नेपाल र बङ्लादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतवार हुनेछ ।

(Visited 41 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services